बाढीले पुलको पिल्लरमा ठोक्काएको राइनो क्रुज अझै नदीमै, १० करोडको क्षति

काठमाडौं । नारायणी नदीले गत आइतबार रुखमा बाँधेर राखिएको अवस्थामा बगाएको राइनो क्रुज अझै निकाल्न सकिएको छैन । बाढीले बगाउने क्रममा नारायणी पुलको गैँडाकोटतर्फको पिल्लरमा ठोकिएर अड्किएको क्रुजलाई क्रेनमार्फत पल्टाइए पनि नदीबाट बाहिर निकाल्न नसकिएको राइनो वाटर इन्टरटेन्टमेन्टका अध्यक्ष दीपक ढुङ्गेलले जानकारी दिए । केही समयअघि स्थानीय काभ्रेघाटमा तटबन्धन गरी सञ्चालन गरिएको उक्त क्रुज त्यहाँ […]

स्लोभाकियाको आर्थिक वृद्धि बढ्ने, मुद्रास्फीति घट्ने अनुमान

काठमाडौं । स्लोभाकियाको अर्थतन्त्र सन् २०२६ मा शून्य दशमलव ८ प्रतिशत र सन् २०२७ मा एक दशमलव ८ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । स्लोभाकियाको अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको पछिल्लो आर्थिक प्रक्षेपणमा यस्तो अनुमान गरिएको हो । अन्तर्राष्ट्रिय व्यापारमा देखिएको तनाव, ऊर्जा संकट, अमेरिकी कर तथा युरोपेली संघमा घट्दो प्रतिस्पर्धात्मकताजस्ता चुनौतीका बाबजुद अर्थतन्त्रमा सामान्य […]

महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता तातोपानी नाका पुनः सञ्चालनका लागि चीनसंग आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच तातोपानी भन्सार नाका सञ्चालनका लागि आवश्यक कूटनीतिक तथा प्राविधिक सहजीकरणबारे छलफल भएको छ । छलफलमा अध्यक्ष श्रेष्ठले आपूर्ति शृंखलामा देखिएको अवरोध कम गर्न र व्यापारी तथा उपभोक्तालाई सहज आपूर्ति सुनिश्चित गर्न तातोपानी नाका तत्काल पुनः सञ्चालनका लागि चिनियाँ पक्षबाट […]

भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

काठमाडौं । भोटेकोशी र त्रिशूली बाढीबाट क्षति भएका जलविद्युत् आयोजना पुनःनिर्माणमा करिब ३ खर्ब ९० अर्बसम्म खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार, जलवायु परिवर्तनका कारण पछिल्लो समय नेपालमा मौसमी तथा जलवायुजन्य विपद्का घटना वृद्धि भई त्यसको ठूलो प्रभाव ऊर्जा र जलस्रोत क्षेत्रमा परेको छ । जलवायुजन्य विपद्बाट ऊर्जा क्षेत्रमा […]

दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधार्न दुईसय टेलिफोन टावर र १६ सय स्थानमा फोरजी सेवा विस्तार यसैवर्ष : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले टेलिफोन तथा इन्टरनेट सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन सरकारले सेवा विस्तार, उपकरण थप तथा विद्युत् आपूर्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाएको बताएका छन्।प्रतिनिधिसभाको  आजको बैठकमा विभिन्न समयमा उठेका प्रश्नको जवाफ दिँदै उनले कतिपय क्षेत्रमा अझै दूरसञ्चार सेवा विस्तार हुन नसकेको र विद्युत् तथा पावर ब्याकअपको अभावका कारण […]

चीनसँग जोड्ने तीन वटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित

काठमाडौं । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा नाकामा नेपाल र छिमेकी मुलुक चीनको भन्सारसँग जोडिएका धेरै संरचना क्षतिग्रस्त बनाउँदा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। दुवैतर्फको सीमावर्ती क्षेत्रमा अत्यधिक क्षति भएकाले नेपाल र चीन जोड्ने ‘लाइफलाइन’ का रूपमा चिनिएको रसुवा नाका तत्काल सञ्चालनमा आउने सम्भावना निकै कम छ। यसका कारण दुवै […]

दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि प्राविधिक टोलीद्वारा अध्ययन सुरु

काठमाडौं । कञ्चनपुरको महाकाली नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि प्राविधिक टोलीले स्थलगत अध्ययन सुरु गरेको छ। सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीले झोलुङ्गे पुलका विज्ञका रूपमा परिचित इन्जिनियर प्रकाश बमसहितको प्राविधिक टोली दोधारा–चाँदनी पुगेर पुलको स्थलगत अनुगमन र निरीक्षणमा जुटिसकेको जानकारी दिए। “हामी पनि पुलस्थलमा आउँदैछौँ”, जोशीले भने, “अध्ययन टोलीले विस्तृतमा […]

सांसदहरूलाई प्रधानमन्त्री शाहको सुझाव: ‘आफ्नो विज्ञता, ज्ञान र सीप मुलुकको विकासमा लगाउनुहोस्’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सांसद्हरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन्। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहज्यूले उहाँहरुलाई राजनीतिक विषयभन्दा बढी दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गरे। सम्माननीय प्रधानमन्त्री शाहले भने, “तपाईंहरु आफै प्राविधिक विषयमा जानकार […]

कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन

काठमाडौं । राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्ने गरी तयारी थाल्न निर्देशन दिएको छ । समितिका सभापति कृष्णप्रसाद पौडेलले जलवायु परिवर्तनबाट नेपालजस्तो भौगोलिक बनोट भएको मुलुकमा परेको प्रभावलाई ध्यानमा राख्दै अन्तरराष्ट्रिय मञ्चमा नेपालको हित सुनिश्चित हुनेगरी सावधानीपूर्वक वार्ता गर्नुपर्ने बताए । समितिले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी […]

४.८२ अंकले घट्यो नेप्से, बढ्यो कारोबार रकम

काठमाडौं । बुधबार नेप्से परिसूचक ४.८२ अंकले घटेर २५९८.८९ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३५२ वटा कम्पनीको १ करोड २६ लाख ५५ हजार ३७४ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा कारोबार रकम ४१ करोड रुपैयाँले घटेको हो। मंगलबार कारोबार रकम ४ अर्ब […]