काठमाडौं । समानान्तर गतिविधिमा संलग्न नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले शनिबार आयोजना गरेको काठमाडौँ जिल्ला कार्यसमितिको १५औँ अधिवेशन राष्ट्रिय सभागृहमा सुरू भएको छ।
उद्घाटन समारोहमा निवर्तमान सभापति शेरबहादुर देउवा, नेताहरू शशांक कोइराला, प्रकाशमान सिंह, प्रकाशशरण महत, मोहनबहादुर बस्नेतलगायत सहभागी छन्।
एक समारोहका बीच राष्ट्रिय सभा गृहमा शनिबार सुरु भएको जिल्ला अधिवेशनको देउवाले उद्घाटन गरे। समारोहको उद्घाटन अघि बटुकहरूबाट स्वस्तिवाचन गरिएको थियो।



