Global College

नबिल बैंकको खुद नाफा ४५.४ प्रतिशतले वृद्धि ,पहिलो त्रैमासमै कमायो २ अर्ब ५५ करोड रुपैयाँ

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (साउन-असोज) अवधिमा उत्कृष्ट वित्तीय प्रदर्शन गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा खुद नाफा ४५.४ प्रतिशतले बढेर २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २१.४ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड ७० लाख रुपैयाँ पुगेको छ। नाफामा भएको उल्लेख्य सुधारसँगै बैंकको वितरणयोग्य नाफा २ अर्ब २६ करोड ४६ लाख रुपैयाँ पुगेको छ, जसका आधारमा बैंकको वार्षिक लाभांश क्षमता २२.०८ प्रतिशत कायम भएको छ।

निक्षेप, कर्जा र सीडी रेसियोको अवस्था

चालु आवको असोज मसान्तसम्ममा बैंकको निक्षेप सङ्कलन ४.६ प्रतिशतले बढेर ६ खर्ब १९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ३.४ प्रतिशतले विस्तार भई ४ खर्ब ७६ अर्ब १ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ८०.०१ प्रतिशतको सहज स्थितिमा रहेको देखिन्छ।

प्रतिसेयर आम्दानी, नेटवर्थ र खराब कर्जामा सुधार

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (EPS) मा पनि राम्रो सुधार आएको छ। गत वर्षको सोही अवधिमा २५.४९ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर ३३.८९ रुपैयाँ पुगेको छ। यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ २३३.९० रुपैयाँ कायम भएको छ।

बैंकले समीक्षा अवधिमा खराब कर्जा (NPL) व्यवस्थापनमा समेत सफलता हासिल गरेको छ। गत आर्थिक वर्षको असोजमा ४.३१ प्रतिशत रहेको निष्क्रिय कर्जा (खराब कर्जा) घटेर यस वर्षको असोजसम्ममा ४.०६ प्रतिशतमा झरेको छ।

NECO

Leave Your Comment

Related News