Global College

सुख्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको घोप्टेभिर कुरिनटार नजिकै सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । सोमबार बिहान करिब ६:३० बजे खसेको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

पहिरो हटाउन सम्बन्धित स्थानमा मेसिन तथा उपकरण परिचालन भइसकेको छ । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन करिब तीन घण्टा लाग्ने अनुमान गरिएको नागढुंगा–मुग्लिङ सडक योजना पश्चिम खण्डका इन्जिनियर सचिन्द्र मिश्रले जानकारी दिए । सडक अवरुद्ध भएपछि पृथ्वी राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन् ।

NECO

Leave Your Comment

Related News