काठमाडौं । मंगलबार नेप्से परिसूचक १२.७९ अंकले घटेर २६३६.१० विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३५३ वटा कम्पनीको १ करोड १२ लाख ९३ हजार ४५० कित्ता शेयर कारोबार हुँदा करोबार रकम ४ अर्ब ७३ करोड ११ लाख पुगेको छ । शुक्रबारको तुलनामा कारोबार रकम १ अर्ब ६७ करोड रुपैयाँले बढेको छ। विहीबार कारोबार रकम ३ अर्ब ५ करोड ४२ लाख रुपैयाँ थियो।
यस दिन सेन्सेटिभ इण्डेक्स २.३२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४५ अंकले घटेको छ।
यस दिन १२ उप समूह घटेका छन् भने १ बढेका छन्। बैंकिङ ०.४७ प्रतिशतले,विकास बैंक ०.८४, वित्त ०.५५, होटल्स तथा पर्यटन समूह १.२१, जलविद्युत ०.३१, लगानी ०.२७, जीवन बीमा ०.८४ उत्पादन र प्रशोधन ०.११, लघुवित्त ०.६०, निर्जीवन बीमा ०.६९ र व्यापार समूह ०.५८ र अन्य समूह ०.०२ प्रतिशतले घटेका छन्। यता म्युअुचल फण्ड ०.१२ प्रतिशतले बढेको छ ।
यस दिन अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ११.८४ प्रतिशत बढेको छ। त्यस्तै, सेन्ट्रल फाइनान्सको शेयरमूल्य ६ प्रतिशत बढेको छ भने एपोलो हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको एभरेष्ट कलरको शेयरमूल्य यस दिन सर्वाधिक ५.३६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ पहिलो स्थानमा रहेको छ। यस दिन २८ करोड ९१ लाख रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको छ। त्यस्तै, यस दिन घलेम्दी हाइड्रोको २० करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सेन्ट्रल फाइनान्सको कारोबार रकम साढे १९ करोड रुपैयाँ नाघेको छ।



