तातोपानी नाका सञ्चालनका लागि नेपाली पक्ष तयार, चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताएका छन्। सिंहदरबारमा आयोजित ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्’सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले विपद्का कारण नाका सञ्चालनमा समस्या आए पनि सरकारले सडक तथा पूर्वाधार पुनःस्थापनाको काम तीव्र रूपमा अघि बढाइरहेको जानकारी दिए। उनका अनुसार तातोपानी […]

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

काठमाडौं । ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपचन्द्र रेग्मी बढुवा भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई डीसीईओमा बढुवा गरेको हो । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए । सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिङ करिअर सुरु गरेका […]

कांग्रेस सभापतिमा खड्गीद्वारा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गरेका छन् । नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मंगलबार भइरहेको मनोनयन प्रक्रियाअन्तर्गत खड्गीले राष्ट्रिय सभागृहस्थित निर्वाचन समितिको कार्यालयमा पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। खड्गीले सोमबार मात्रै सभापति पदमा उम्मेदवारीको घोषणा गरेका थिए ।

‘ विद्युत् प्रसारण ग्रिडसम्बन्धी मापदण्ड, २०८३’ जारी : विद्युत प्रसारण तथा व्यापारमा निजी क्षेत्रको सहभागिता

काठमाडौं ।  नेपालमा पहिलोपटक राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेबापत लाग्ने प्रसारण शुल्क (ह्वीलिङ चार्ज) निर्धारण भएसँगै विद्युत् क्षेत्रको विकास अब उत्पादनमा मात्र सीमित नरहने र प्रसारण तथा विद्युत् व्यापारमा समेत निजी क्षेत्रको सहभागिता विस्तार हुने आधार तयार भएको छ । विद्युत् नियमन आयोगले ‘राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको प्रसारण शुल्क गणना सम्बन्धी मापदण्ड, २०८३’ जारी […]

कांग्रेस वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापति पदका लागि मनोनयन दर्ता गराएका छन्। उनले वारिसमार्फत मनोनयन दर्ता गराएका हुन्। शर्माको तर्फबाट पुष्पराज पौड्यालले वारिसका रूपमा उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पद नयाँ थप गरिएको हो। यो पदलाई सभापतिपछिको वरीयतामा राखिएको छ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। चालिसेले मंगलबार राष्ट्रिय सभागृहस्थित निर्वाचन कार्यालयमा पुगेर उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। विशेष महाधिवेशनपछि पार्टी प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका चालिसेले यसअघि नै उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए।

आधारभूत सेयरधनीको नियमबारे लगानीकर्ता र धितोपत्र बोर्डबिच ३ घण्टा छलफल

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आधारभूत सेयरधनीले सेयर बिक्री गर्नुअघि १५ दिन अगावै सूचना दिनुपर्ने व्यवस्थाबारे लगानीकर्ताका प्रतिनिधिहरूसँग छलफल गरेको छ। करिब तीन घण्टा चलेको उक्त छलफलमा उक्त व्यवस्थाबाट सिर्जित अन्योल, संस्थापक सेयरको कारोबार तथा दोस्रो बजारका लगानीकर्तामा पर्न सक्ने प्रभावबारे छलफल भएको छ। छलफल तथा सुझाव सङ्कलनमा छलफलमा सेबोनका कार्यकारी निर्देशक रुपेश […]

आज फेरि बढ्यो शेयर बजार, जीवन बीमा समूहले बजार बढ्दा कारोबार रकम घट्यो

काठमाडौं । सोमबार घटेको शेयर बजार मंगलबार बढेको छ । मंगलबजार नेपाल स्टक एक्सचेन्ज , नेप्से ११.९६ अंकले बढेर २५७८.७३ विन्दुमा पुगेर बन्द भएको हो । यसदिन सेन्सेटिभ इन्डेक्स २ अंकले बढेर ४६१.८६ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.८२ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.७५ अंकले बढेको हो । मंगलबार कारोबार रकम […]

कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौं ।   नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज तेस्रो दिन बन्द सत्रको छलफल सकिएको छ । बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश […]

विश्व बैंकको प्रक्षेपण : रसुवा बाढीका कारण नेपालको आर्थिक वृद्धिदर घटेर ३.७ मा सीमित हुने

काठमाडौं ।भदौ १० गते आएको भोटेकोशी बाढीका कारण नेपालको आर्थिक वृद्धिदरमा असर पर्ने विश्व बैंकले जनाएको छ । बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धि घटेर ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। पुनर्निर्माण तथा पुनःस्थापनाका गतिविधि अघि बढेसँगै आर्थिक गतिविधिमा सुधार आउने र आर्थिक वर्ष आर्थिक वर्ष २०८४/८५  […]