काठमाडौं । रिज लाइन इजर्नी लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कर समेत १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव कात्तिक १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो । कर कटाएर १० प्रतिशत नगद लाभांश कात्तिक २० गतेदेखि सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा उल्लेख बैंक खातामा जम्मा गरिएको जानकारी कम्पनीले दिएको हो ।
लाभांश प्रयोजनका लागि कम्पनीले असोज २३ गते एक दिन बुक क्लोज गरेकाले असोज २२ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको नगद लाभांश प्राप्त गरेका हुन । हालसम्म पनि हितग्राही खाता नखोलेका शेयरधनीहरुलाई यथासिघ्र हितग्राही खाता खोली बैंक खाता अद्यावधिक गराउन समेत कम्पनीले आग्रह गरेको छ । असोज २२ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका सदस्यहरुको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नामबाट नो अब्जेक्सन लेटर प्राप्त भएपछि मात्र बैंक खातामा जम्मा गरिने भनाई कम्पनीको छ । कम्पनीको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ ।



