Global College

साल्ट ट्रेडिङ कर्पोरेशनले कमायो ७८ प्रतिशत नाफा, पुग्यो साढे २ करोड

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी) ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ७८ प्रतिशत नाफा कमाएको छ ।

कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को त्रैमासम्मको वित्तिय विवरण सार्वजनिक गर्दै सो अवधिमा २ करोड ५२ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको तुलनामा ७८ प्रतिशत अर्थात् १ करोड १० लाख ४० हजार रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले १ करोड ४२ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आवको पहिलो त्रैमासमा कम्पनीले ४ अर्ब ३१ करोड २९ लाख रुपैयाँ बिक्री आम्दानी रहेको छ । यो गत आवको तुलनामा ९२.२२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले २ अर्ब २४ करोड ३६ लाख रुपैयाँ बिक्री आम्दानी गरेको थियो।

कम्पनीको कुल आम्दानी २४ करोड ८४ लाख ६२ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको आम्दानी २७ करोड ९७ ललाख ८६ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको कुल खर्च करिब ६ करोडले घटेर १० करोड ४२ लाख ३५ हजार रूपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको कुल खर्च १६ करोड ३९ लाख ४१ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ३५ करोड ११ लाख रुपैयाँ रहेको छ । पहिलो त्रैमासको अन्त्यसम्म कम्पनीको कुल सम्पत्ति ९ अर्ब ३८ करोड ४७ लाख १३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल सम्पत्ति ११ अर्ब १३ करोड ७६ लाख ५७ हजार रुपैयाँ थियो । चालु आवको पहिलो त्रैमासमा अग्रिम भुक्तानी तथा गैर वित्तीय सम्पत्ति ९८ करोड ७८ लाख रुपैयाँ रहेकोमा गत आवको सोही अवधिमा ९३ करोड ३८ लाख रहेको थियो । कम्पनीको चालु आवको पहिलो त्रैमाससम्म कुल इक्विटी र दायित्व ९ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ रहेकोमा गत आवको सोही अवधिमा कुल इक्विटी र दायित्व ११ अर्ब १३ करोड ७६ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २८ रुपैयाँ ७६ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ ३८० रुपैयाँ ०९ पैसा र मूल्य आम्दानी अनुपात १९४.४३ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ ।

कम्पनीले गुणस्तरीय वस्तुहरुको कारोबार गरी आम उपभोक्ताहरुलाई गुणस्तरयुक्त खाद्यवस्तु तथा अन्य वस्तुको सरल र सहज आपूर्ति व्यवस्था गरी सामाजिक उत्तरदायित्व वहन गर्दै कारोवार गर्न सफल रहेको छ । बिद्यमान बैंकिङ तरलता समस्या, देशको समग्र आर्थिक अवस्थाको कारण तथा कर्पोरेशनले नेपाल सरकारको निर्देशन समेतको पालना गरी सामाजिक उत्तरदायित्व वहन गर्नु परेको कारण कुनै वस्तुहरुमा लागत मूल्य भन्दा कम मूल्यमा सामान बिक्रि गर्नुपर्ने बाध्यात्मक अवस्थाको कारण कम्पनीले अपेक्षित रुपमा मुनाफा आर्जन गर्न नसकेको जनाएको छ ।

NECO

Leave Your Comment

Related News