Global College

नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा

काठमाडौं । नेपाल हाइड्रो डेभलपरले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको कात्तिक २९ गते बसेको बैठकले लाभांश घोषणा गरेको हो।

बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश छन्।

यो लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपछि आगामी २० औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

NECO

Leave Your Comment

Related News