Global College

वाई-फाई नेपालले सार्वजनिक गर्‍यो आफ्नै मोबाइल एप: अब इन्टरनेटसम्बन्धी सबै सुविधा आफ्नै मोबाइलमा

काठमाडौं । नेपालमा तीव्र गतिमा विस्तार भइरहेको र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आएको वाई-फाई नेपालले आफ्नै मोबाइल एप सार्वजनिक गरेको छ। यस एपमार्फत ग्राहकहरूले आफ्नो इन्टरनेटसम्बन्धी विभिन्न जानकारी र सेवाहरू अब सजिलै आफ्नै मोबाइलबाट प्रयोग गर्न सक्नेछन्।

ग्राहकहरूलाई इन्टरनेट सेवा प्रयोग गर्न र व्यवस्थापन गर्न अझ सहज बनाउने उद्देश्यले यो एप ल्याइएको कम्पनीले जनाएको छ। यस एपमार्फत ग्राहकहरूले आफ्नो इन्टरनेटको भुक्तानी विवरण हेर्न, Wi-Fi को नाम र पासवर्ड परिवर्तन गर्न, इन्टरनेटमा जोडिएका उपकरणहरू हेर्न र इन्टरनेट प्रयोगको विवरण थाहा पाउन सक्नेछन्।

त्यसैगरी, ग्राहकहरूले NETTV तथा राउटरसम्बन्धी जानकारी हेर्नुका साथै कुनै समस्या आएमा समाधानका लागि सपोर्ट टिकट समेत पठाउन सकिन्छ।

यस एपले ग्राहकहरूलाई सामान्य कामका लागि बारम्बार फोन गर्नुपर्ने झन्झट कम गर्नुका साथै आवश्यक सेवा र जानकारी आफ्नै मोबाइलबाट छिटो र सजिलै प्राप्त गर्न मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ।

कम्पनीका अनुसार, “हामी हाम्रा ग्राहकहरूलाई इन्टरनेट सेवा मात्र नभई त्यससँग जोडिएका सबै सुविधा पनि सहज रूपमा उपलब्ध गराउन चाहन्छौँ। वाई-फाई नेपाल एपमार्फत ग्राहकहरूले आफ्नो इन्टरनेट आफैँ व्यवस्थापन गर्न र आवश्यक जानकारी जुनसुकै समयमा सजिलै प्राप्त गर्न सक्नुहुनेछ। ग्राहकको सेवा अनुभवलाई अझ राम्रो बनाउने हाम्रो प्रयासको यो अर्को कदम हो।”

वाई-फाई नेपालको मोबाइल एप अहिले Google Play Store मा उपलब्ध छ। ग्राहकहरूले Play Store बाट एप डाउनलोड गरी यसमा उपलब्ध सुविधाहरू प्रयोग गर्न सक्नेछन्।

NECO

Leave Your Comment

Related News