घुससहित पक्राउ परेका विद्युतका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण,इटहरी वितरण केन्द्रका इन्जिनियर कृष्ण नारायण यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। विद्युत लाइन जडानका लागि सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि आयोगले यादवविरुद्ध सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। आयोगको टोलीले यादवलाई ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा […]

दसैँ–तिहारका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा विभागले बोलायो बैठक

काठमाडौं । नजिकिँदै गरेका दसैँ, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा छलफल गर्न यातायात व्यवस्था विभागले सरोकारवाला निकायको बैठक बोलाएको छ। विभागले सोमबार पत्र जारी गर्दै चाडपर्वका बेला काठमाडौं उपत्यकाबाट बाहिरिने तथा बाहिरी जिल्लाबाट काठमाडौं प्रवेश गर्ने यात्रुको यात्रा सहज, सुरक्षित र व्यवस्थित बनाउन अग्रिम टिकट बुकिङबारे निर्णय […]

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काठमाडौं । सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । उनका अनुसार, आजको बैठकले मुख्य ५ वटा निर्णयहरू गरेको हो । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू– – नगरपालिकाहरूमा स्वच्छ ऊर्जा, रुपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० […]

मन्त्रिपरिषद‍् बैठक : पद्मकुमार मैनालीलाई सचिव पदमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहसचिव पद्मकुमार मैनालीलाई नेपाली इन्जिनियर सेवा सामूहिकरणतर्फको सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद‍् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेल मैनालीलाई सचिवमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको जानकारी दिए। यसअघि सचिव बढुवा समितिको बैठकले मैनालीलाई प्राविधिक सचिव बढुवाका लागि सिफारिस गरेको थियो।

वायुसेवा निगम वित्तीय संकट : उद्धार उडानबापत १३ करोड ७५ लाख रुपैयाँ पाउन बाँकी

काठमाडौं । उच्च ब्याजदरको ऋण र सरकारी निकायबाट उठ्न बाँकी करोडौँ रुपैयाँका कारण नेपाल वायुसेवा निगम गम्भीर वित्तीय संकटमा परेको छ। सोमबार संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले निगमको आम्दानीको ठूलो हिस्सा ऋणको ब्याज तिर्नमै खर्च भइरहेको भन्दै तत्काल वित्तीय सुधार आवश्यक रहेको बताएका हुन्। कालाखेतीका अनुसार राष्ट्र […]

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा आउने

नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्याएसँगै नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलिब्रिज जडान सुरु भएको छ । यसका लागि आवश्यक सामग्री ल्याउने क्रम जारी रहेको र यही बुधबारदेखि पुल जडानको काम सुरु गरी दसैँअघि नै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका […]

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, फूलपातीअघि सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौं । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएपछि नुवाकोट र रसुवालाई जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलिब्रिज जडानको काम सुरु भएको छ। दसैँअघि नै पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य अघि बढाइएको छ। नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंले पुल निर्माणका लागि आवश्यक सामग्री धादिङको बैरेनी र बाराबाट ल्याउने काम भइरहेको बताए। उनका अनुसार आजसम्म […]

सञ्चार क्षेत्रका लागि बलियो नियामक आवश्यक : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं ।  सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले आमसञ्चार तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित, जिम्मेवार, व्यावसायिक र प्रभावकारी बनाउन कानुनमार्फत् बलियो एवम् अधिकारसम्पन्न नियामक संयन्त्र तयार पार्न लागिएको बताएका छन् । बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटा, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारी र मधेश प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्रकुमार खड्गासँग आज मन्त्रालयमा भएको भेटघाट तथा […]

बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस् : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलको विद्युतीय भुक्तानी प्रणालीलाई व्यवस्थित गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । उनले सूचना प्रविधिको युगमा नागरिक बिल तिर्न कार्यालयमा घण्टौँ लाइन बसिरहने अवस्था अन्त्य गर्न आवश्यक रहेको बताए । मन्त्री श्रेष्ठले विद्युत् प्राधिकरण सञ्चालक समितिबाट ‘डिजिटल पेमेन्ट’लाई प्रभावकारी रुपमा विस्तार गर्ने योजना स्वीकृत भएको […]

मन्त्रिपरिषद्को बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो।