अमित श्रेष्ठलाई आइसीएफसी फाइनान्सको कामु सीईओको जिम्मेवारी 

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी अमित श्रेष्ठले पाएका छन् । संस्थामा कार्यरत प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तको कार्यकाल २०८३ असोज २४ गते समाप्त भएपछि संस्थाकै नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी दिइएको हो । कम्पनीको सञ्चालक समितिको असोज २३ गते बसेको ३७७औँ बैठकले श्रेष्ठलाई […]

अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च

काठमाडौं । अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा रु एक करोड चार लाख ८५ हजार ४९८ सहयोग जुटेको छ । गाउँपालिकाले विपद्बाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विपद् व्यवस्थापन कोष सञ्चालनमा ल्याएको थियो । पालिकाले सो कोषमा सहयोगका लागि सार्वजनिक आह्वान गरेकामा पर्यटन व्यवस्थापन समिति, स्थानीय सङ्घसंस्था, व्यवसायी, राजनीतिक दल तथा व्यक्तिहरुबाट नगद […]

हिमालयन लाइफ इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाँल

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (कार्यवाहक सीईओ)को जिम्मेवारी कवि फुयाँललाई दिइएको छ। कम्पनी सञ्चालक समितिको बैठकले फुयाँललाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक सीईओको जिम्मेवार दिने निर्णय गरेको हो। कम्पनीको गत असोज १३ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले असोज २६ गतेदेखि लागु हुनेगरी उनलाई कायम मुकायम सिईओको जिम्मेवारी दिएको हो […]

विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो

काठमाडौं । विश्वव्यापी बहुआयामिक गरिबीको सूचकाङ्क सन् २०१० मा सुरु भएयता पहिलोपटक बढेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्या एक अर्ब २० करोड पुगेको छ । युएनडीपी र अक्सफोर्ड विश्वविद्यालयको गरिबी तथा मानव विकाससम्बन्धी अनुसन्धान केन्द्रले तयार पारेको सन् २०२६ को वार्षिक प्रतिवेदनअनुसार अघिल्लो […]

प्रधानमन्त्री भएपछि पहिलो पटक प्रहरीको कार्यक्रममा बालेन शाह,  प्रभावमा नपरी काम गर्न  आग्रह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी निरीक्षकहरूलाई कुनै पनि दबाब र प्रभावमा नपरी इमानदारिता र नैतिकताका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री बनेपछि शाह पहिलोपटक प्रहरी कार्यक्रममा सहभागी भएका हुन्। सोमबार महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षकहरूको १–१८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भेदभावरहित र कुशल प्रहरी सेवा प्रवाहमार्फत […]

आज भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

काठमाडौं । भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ आज सोमबार हुँदैछ। सरकारले असोज २ गते १३ देशका लागि राजदूत नियुक्त गर्न प्रस्ताव गरेको थियो। प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइका लागि संघीय संसद्को संयुक्त संसदीय सुनुवाइ समितिमा पठाइएको थियो। समितिले सबै प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको थियो। प्राप्त उजुरीहरूको अध्ययनपछि समितिले सोमबारदेखि संसदीय […]

साहस ऊर्जाको स्पष्टीकरण : बुढीगण्डकी बाढीले टाइम्स इनर्जीको क्याम्पमा क्षति, सोलुखोला आयोजना पूर्ण रूपमा सुरक्षित

काठमाडौं । असोज २५ गते बुढीगण्डकी नदीमा आएको भीषण लेदोसहितको बाढीका कारण साहस ऊर्जा लिमिटेडको सहायक कम्पनी टाइम्स इनर्जी लिमिटेडद्वारा प्रवर्द्धित बुढीगण्डकी ३४१ मेगावाट (अर्धजलाशय) जलविद्युत आयोजनाको गोरखा जिल्ला चुमनुब्री गाउँपालिकास्थित अस्थायी क्याम्प र पहुँच मार्गमा क्षति पुगेको छ। कम्पनीले जारी गरेको  विज्ञप्ति अनुसार यस बाढीबाट आयोजनातर्फ कुनै पनि मानवीय क्षति भने भएको छैन र […]

सुपरमाई हाइड्रोपावरलाई ५९ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न अनुमति

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने ११ औँ वार्षिक साधारण सभाको निर्णय अनुसार विद्युत नियमन आयोगबाट पूर्व-स्वीकृति प्राप्त गरेको छ। आयोगले केही संशोधन सहित कम्पनीलाई हालको चुक्ता पूँजी ६४ करोड २० लाख रुपैयाँको करिब १:०.९२५२ अनुपातमा हुन आउने ५९ करोड ४० लाख रुपैयाँ बराबरको ५९ लाख ४० हजार किता हकप्रद शेयर […]

रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने

काठमाडौं ।  रामेछापका व्यावसायिक कृषकलाई आधुनिक कृषि प्रविधि, यन्त्र तथा उपकरणको प्रयोगबारे जानकारी गराउने उद्देश्यले कृषि तथा पशुपन्छी विकास कार्यालय रामेछापले अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ मा सहभागी हुन इच्छुक कृषकसँग आवेदन माग गरेको छ । बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयको कृषि तथा पशुपन्छी विकास कार्यालय रामेछापले सूचना जारी […]

घट्यो सुनको मूल्य

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य २ हजार १  सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महांसाघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार ४ सय रुपैयाँ कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ थियो  । यता चाँदी भने २५ रुपैयाँले घटेको छ । […]