Global College

पारस्परिक सम्मान र अटल विश्वास नेपाल–भारत सम्बन्धका अविच्छिन्न अङ्ग हुन् : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल–भारत सम्बन्धका महत्त्वपूर्ण आधार भएको बताएका छन्।

दुई दिने भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन्।

उनले नेपाल र भारतबीच भएका छलफल दूरगामी महत्त्वका रहेको उल्लेख गर्दै सहकार्यका विभिन्न क्षेत्रमा साझेदारी विस्तार गर्ने विषयमा समझदारी भएको बताए। साथै, दुवै देशको सहकार्यमा अघि बढाइएका तथा शिलान्यास गरिएका परियोजनाले द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री शाहले दुई देशबीच भएका समझदारी र अघि बढाइएका परियोजनाको प्रतिफल आम नागरिकको जीवनमा देखिनुपर्नेमा जोड दिए। उनका अनुसार विकास आयोजनाबाट प्राप्त लाभ किसानको खेतसम्म समृद्धिका रूपमा पुग्नुपर्छ।

त्यस्तै, युवाको हातमा रोजगारी र अवसर, विद्यार्थीका लागि नयाँ सम्भावना तथा उद्यमीका लागि बजार र लगानी विस्तारको अवसरका रूपमा सहकार्यको प्रतिफल देखिनुपर्ने उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले नेपाल–भारतबीच भएका समझदारीको प्रभाव जनताको जीवनस्तरमा देखिने गरी कार्यान्वयन हुनुपर्ने उल्लेख गर्दै यसले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

NECO

Leave Your Comment

Related News