Global College

प्रधानमन्त्री बालेन शाहको स्पष्ट दृष्टिकोण र प्रतिबद्धताबाट प्रभावित छु : मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको स्पष्ट दृष्टिकोण र प्रतिबद्धताको प्रशंसा गरेका छन्। उनले प्रधानमन्त्री शाहलाई नेपालको भविष्य र नेपाल–भारत सम्बन्धप्रति स्पष्ट सोच र प्रतिबद्धता बोकेको नेताका रूपमा आफूले पाएको बताएका छन्।

नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले प्रधानमन्त्री शाहको नेतृत्वप्रति प्रशंसा व्यक्त गरेका हुन्।

‘नेपालको भविष्य र भारत–नेपाल सम्बन्धका लागि उहाँको स्पष्ट दृष्टिकोण र प्रतिबद्धताको मैले महसुस गरेको छु,’ मोदीले भने, ‘नेपाली जनताले दिएको ऐतिहासिक जनादेशले नयाँ पुस्ताको आकांक्षा प्रतिबिम्बित गर्छ।’

उनले भारत सधैँ सशक्त र समृद्ध नेपालको विकास यात्रामा साझेदार रहँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि नेपालसँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

मोदीले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन दुवै देशले महत्त्वपूर्ण निर्णयहरू लिएको पनि बताए। उनले दुई देशबीचको सहकार्य र साझेदारीलाई थप सुदृढ बनाउँदै लैजाने धारणा राखेका छन्।

NECO

Leave Your Comment

Related News