चेल्सीको फराकिलो जित, हेन्डरसन र पेड्रोको २ गाेल

काठमाडौं । जोर्डन हेन्डरसन र जोआओ पेड्रोको समान २ गोलको मद्दतमा चेल्सीले इंग्लिस प्रिमियर लिगमा बर्नमाउथलाई ५-१ ले पराजित गरेको छ। स्टामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीले सुरुवाती तीन मिनेटभित्रै दुई गोल गर्दै बलियो पकड बनाएको थियो। हेन्डरसनले दोस्रो मिनेटमै गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। त्यसको केही समयपछि मोर्गन रोजर्सले गोल थपे। दोस्रो हाफमा पेड्रोले […]

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

गोरखा । चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बताए । चुमनुब्री गाउँपालिका–३ का बजारमा बाढीबाट धेरै क्षति भएको उनले बताए । आज बिहान ४ः०० बजे ती गाउँमा बाढी पसेपछि नदी स्थानीय सुरक्षित […]

पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित

काठमाडौं। पोर्चुगिज फुटबल महासंघ (एफपीएफ) ले क्रिस्टियानो रोनाल्डोलाई अस्थायी रूपमा निलम्बन गर्दै उनीमाथि अनुशासनात्मक अनुसन्धान सुरु गरेको छ। महासंघले सन् २०२६ अक्टोबर ९ मा अनुशासनात्मक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। महासंघले शनिबार दिउँसो सार्वजनिक गरेको वक्तव्यअनुसार अक्टोबर ७ मा भएका घटनाको अनुशासनात्मक प्रभावबारे छानबिन गरिनेछ। अनुसन्धान पूरा नभएसम्म यस विषयमा सार्वजनिक जानकारी दिन रोक […]

आजदेखि बडादसैँ सुरु, घरघरमा घटस्थापना गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ । […]

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव छ । हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका केही […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ […]

तीन देशका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ असोज २६ मा

काठमाडौं । चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ असोज २६ गते हुने भएको छ। सुनुवाइ बिहान ९ः१५ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा हुनेछ। चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरन जंग थापा र बेलायतका लागि गौरवशमशेर जबरा राजदूतमा प्रस्तावित छन्। शर्मा नेपाल–चीन मामिलाका विज्ञ, सिनोलोजीका अध्येता तथा अर्थशास्त्री हुन्। उनले चीनको […]

भेडाच्याङ्ग्रा बिक्री गर्न एक महिना बढी पैदल यात्रा, किसानलाई बजारकै चिन्ता

म्याग्दी । दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइगे । प्रतिकूल मौसम, हिमपात र सडक अवरुद्ध हुँदा उनीहरूको यात्रा निकै कष्टपूर्ण बन्यो । लामो यात्रा गरेर बजारसम्म आइपुग्दा पनि समयमै बिक्री गर्न नपाइने चिन्ताले उनीहरूलाई सताएको छ । मुगुको छायानाथ रारा नगरपालिका–६ […]

पृथ्वी राजमार्ग अवरुद्ध, सवारीसाधन बसपार्कभित्रै रोकिए

काठमाडौं । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो तथा छोटो दूरीका सवारीसाधन बसपार्कभित्रै रोकिएका छन् । सडक अवरुद्ध हुनुका साथै वैकल्पिक मार्गमा समेत सवारी चाप बढेपछि यातायात सञ्चालनमा समस्या भएको हो । पृथ्वी राजमार्ग बन्द भएपछि काठमाडौंलाई हेटौँडासँग जोड्ने कान्ति लोकपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको थियो । तर, उक्त सडकमा […]

शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्य : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ताको युगमा शिक्षा प्रणालीलाई अझ बढी व्यावहारिक र मानवीय मूल्यमा आधारित बनाउनुपर्ने बताएका छन्। शनिवार पशुपति मित्र माध्यमिक विद्यालयको हिरक जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले विद्यार्थीलाई परीक्षा केन्द्रित नभई राष्ट्रप्रति जिम्मेवार र समस्या समाधान गर्न सक्ने सक्षम नागरिकका रूपमा तयार गर्नुपर्ने बताएका हुन्। राष्ट्रपति पौडेलले विश्वव्यापी […]