रामाडा बाइ विन्डह्याम इटहरीको गन्तव्य प्रवर्द्धन यात्रा: पूर्वी नेपाललाई पर्यटनको केन्द्रमा ल्याउने प्रयास

काठमाडौं । सन् २०२६ जनवरीमा सञ्चालनमा आएदेखि अन्तर्राष्ट्रिय रूपमा परिचित विन्डह्याम होटल्स एन्ड रिसोर्ट्सअन्तर्गतको रामाडा बाइ विन्डह्याम इटहरीले पूर्वी नेपालमा आतिथ्य गन्तव्यका रूपमा आफ्नो पहिचान स्थापित गर्दै आएको छ। यद्यपि, यस क्षेत्रको प्रवर्द्धन गर्ने यसको प्रयास होटल सञ्चालनमा आउनुअघि नै सुरु भएको थियो। आफ्ना सामाजिक सञ्जालका माध्यमबाट रामाडाले पूर्वी नेपालका विभिन्न गन्तव्यहरूलाई उजागर गर्दै यस […]

होर्मुज जलडमरूमध्यमा तेल ट्यांकरमा विस्फोट, समुद्री सुरुङमा ठोक्किएको इरानको दाबी

काठमाडौं ।  इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) को नौसेनाले होर्मुज जलडमरूमध्यबाट अनधिकृत मार्ग हुँदै बाहिरिन खोजेको एक तेल ट्यांकर समुद्री सुरुङमा ठोक्किएपछि विस्फोट भएको दाबी गरेको छ। इरानी नौसेनाले शनिबार आफ्नो आधिकारिक समाचार माध्यम सेपाह न्युजमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा उक्त जहाजले कच्चा तेल बोकेको र आफ्नो नेभिगेसन तथा जीपीएस प्रणाली बन्द गरेर यात्रा गरिरहेको […]

भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै

काठमाडौं । नेपालमा भेस्पा स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा.लि.ले २०८३ असोज २६ गते (अक्टोबर १२, २०२६) नयाँ १५० सीसी भेस्पा स्कुटर सार्वजनिक गर्ने तयारी गरेको छ। उक्त स्कुटर कम्पनीको काठमाडौंस्थित त्रिपुरेश्वर शोरुममा सार्वजनिक गरिनेछ। आगामी कार्यक्रमसँगै नेपालमा भेस्पाको स्कुटर सूचीमा थप एउटा मोडल जोडिनेछ। भेस्पाको छुट्टै इटालियन डिजाइन र राइडिङ अनुभव रोज्ने ग्राहकहरूका लागि […]

बुढीगण्डकी बाढी: नेपाली सेनाद्वारा ३६ जनाको उद्धार

काठमाडौं । बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाले ४ वटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको फौजमार्फत हालसम्म जम्मा ३६ जनाको सकुशल उद्धार गरेको छ। सेनाले सञ्चालन गरेको यस उद्धार अभियान अन्तर्गत जगत इलाकाबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट १ शिशु तथा १ विदेशी नागरिकसहित ९ जना र पायुबाट १२ जनालाई सुरक्षित […]

बेनी–जोमसोम सडक खुल्यो

काठमाडौं । बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् । चीनबाट आयातित सामान बोकेका ती कन्टेनर पोखरा, काठमाडौँलगायत सहरी भेगमा प्रस्थान गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बेनी—जोमसोम अवरुद्ध सडक खुलेसंगै कोरलानाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका कन्टेनरहरु मुस्ताङबाट बाहिरिन थालेका छन् । […]

दिल्लीमा पक्राउ परेका सीजेपीका तीन नेता रिहा गरिए

काठमाडौं । मुख्य निर्वाचन आयुक्त ज्ञानेशकुमारको राजीनामाको माग गर्दै दिल्लीमा आयोजित प्रदर्शनमा सहभागी हुन गएका कक्रोच जनता पार्टी (सीजेपी) का तीन जना नेता रिहा भएका छन्। कार्यकारी मजिस्ट्रेटको अदालतको आदेशपछि आइतबार अभिजीत दिपके, सौरभ दास र आशुतोष राङ्का रिहा भएका हुन्। सीजेपीका कानुनी मामिला प्रमुख रतन सिंहले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत ती तीनै जना रिहा […]

नुवाकोट-रसुवा सिमानाको फलाकु खोलामा नेपाली सेनाद्वारा ४० टन क्षमताको ‘एक्रो ब्रिज’ जडान सम्पन्न

काठमाडौं ।  नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा ४० टन भारवहन क्षमताको ‘एक्रो ब्रिज’ जडान कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। पुल निर्माण भएसँगै नुवाकोट तथा रसुवा आसपासका क्षेत्रका बासिन्दालाई आवतजावतमा ठूलो राहत पुग्नेछ। साथै, बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत तथा अत्यावश्यक सामग्रीको ढुवानी सहज र द्रुत रूपमा गर्न मद्दत पुग्ने […]

२० शहरमा एकैसाथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ अनावरण

काठमाडौं ।नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडस प्रालिले देशव्यापी रूपमा क्षेत्रीय शहरमा रहेका आधिकारिक यामाहा डिलरशिपहरूमा एकैसाथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’को उपलब्धता आधिकारिक रूपमा विस्तार गरेको छ ।काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो तथा यामाहा ब्लु फेस्टको सफल प्रदर्शनपाछि यो मोटरसाइकल अहिले देशव्यापी क्षेत्रीय २० शोरूममा पुगेको हो । राइडर तथा उत्साहीहरूले अब […]

बूढीगण्डकी बाढी : त्रिशूली र नारायणी किनारमा सतर्कता

काठमाडौं । बुढीगण्डकीमा बाढी आएसँगै स्थानीय प्रशासनले त्रिशुली र नारायणी किनारमा माइकिङ गरेर ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वर पौडेलका अनुसार तटीय क्षेत्रका सर्वसाधारण, शव दाह, व्यापार, माछा मार्ने, पौडी खेल्नेलाई सतर्क रहन आग्रह गरिएको हो । देवघाटमा शव दाह गर्नेहरुलाई उच्च ठाउँमा जान, नारायणी किनारमा ठेला, […]

रियाद विमानस्थलमा आक्रमण : १२ जनाको मृत्यु, ३०९ जना घाइते

काठमाडौं । साउदी अरेबियाको राजधानी रियादमा रहेको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि आक्रमण भएको छ। साउदीको नागरिक उड्डयन प्राधिकरण (जीएसीए) ले आइतबार बिहान जारी गरेको विज्ञप्तिअनुसार शनिबार अबेर राति किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा हमला गरिएको हो। जसमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन्। आक्रमणमा ४ साउदी नागरिक, २ बंगलादेशी, १ अमेरिकी, १ इजिप्टेली, […]