बाढी प्रभावित बुढीगण्डकी करिडोरमा विद्युत् सेवा पुनः सञ्चालन हुँदै

काठमाडौं । बुढीगण्डकी तथा यसका सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण गोरखा र धादिङ जिल्लाका विभिन्न स्थानमा विद्युत् वितरण प्रणाली तथा जलविद्युत् आयोजनाहरूमा क्षति पुगेको छ। बाढीबाट बुढीगण्डकी, टाइम्स इनर्जी प्रालि (३४१ मे.वा.), दोभान खोला (२४.५ मे.वा.), यारु खोला (३०.५९ मे.वा.), माछा खोला (१६ मे.वा.) लगायतका जलविद्युत् आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण तथा […]

कांग्रेस महाधिवेशनमा मधेस प्रदेशको मतपेटिका हराएको समाचार भ्रमपूर्ण : निर्वाचन समिति

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मधेस प्रदेशको मतपेटिका हराएको भन्ने समाचार भ्रमपूर्ण रहेको निर्वाचन समितिले जनाएको छ । सञ्चारमाध्यममा मधेस प्रदेशको मतपेटिका हराएको समाचार प्रकाशित भएपछि निर्वाचन समितिले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समाचार भ्रमपूर्ण रहेको बताएको हो । निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मतपेटिकामा प्रदेशको नाम उल्लेख नगरिएको र त्यसको सट्टा नम्बर […]

क्यानडालाई हराउँदै विश्वकप लिग-२ मा नेपालको विजयी शुरुवात

काठमाडौं । ओमानमा जारी आइसीसी विश्वकप लिग- २ अन्तर्गतको सिरिजमा नेपालले विजयी शुरुवात गरेको छ। नेपालले आइतबार सम्पन्न खेलमा क्यानडालाई २४ रनले पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको हो। नेपालले दिएको २३६ रनको लक्ष्य पछाएको क्यानडाले ४८.४ ओभरमा अल आउट हुदै २११ रन बनाएको थियो। क्यानडाका लागि एरोन जोनसनले सर्बाधिक ४४ रन बनाए भने समित […]

कृषि विकास बैंक रेटिङ ‘ए प्लस’, आम्दानी सवा २३ अर्बमा सीमित

काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले कृषि विकास बैंक लिमिटेडको इश्वर रेटिङ  ‘CARE-NP A+ (Is)’ लाई पुनः पुष्टि गरेको छ। यो रेटिङ प्राप्त गर्ने संस्थालाई नेपालको वित्तीय क्षेत्रमा समयमै वित्तीय दायित्व बहन गर्न पर्याप्त सुरक्षित तथा न्यून क्रेडिट जोखिम भएको संस्थाको रूपमा लिइन्छ। बैंकका सबल पक्षहरूको चर्चा गर्दा, यसमा नेपाल सरकारको ५१ प्रतिशत […]

बूढीगण्डकी बाढीमा पाँच जना बेपत्ता, ४३७ सुरक्षाकर्मी परिचालन

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खसेपछि बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीमा परी पाँच जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दुई महिला र तीन पुरुष रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उङ्गिलुङका उनीहरू भेडीगोठमा रहेका बेला बेपत्ता भएका हुन्। बाढीले गोरखाका विभिन्न स्थानमा […]

बाढी प्रभावितको उद्धार र राहतमा जुट्न प्रचण्डको आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको बूढीगण्डकी नदीमा अकस्मात् आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र सुरक्षामा जुट्न सबैलाई आग्रह गरेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बाढी प्रभावितको उद्धार तथा राहतमा सक्रिय हुन सम्बन्धित निकाय, राजनीतिक दल, सामाजिक संस्था र स्थानीय नागरिकलाई आग्रह गरेका हुन्। बाढीले गोरखाको […]

बीमा प्राधिकरणले २ बटा बीमकमा गर्‍यो आकस्मिक निरिक्षण, ४ वटामा नियमित

काठमाडौं । नेपाल बीमा प्राधिकरणको बीमकको संस्थागत सुशासन तथा वित्तीय अनुशासन लगायतको विषयमा केन्द्रित रहेर चालू चालु आर्थिक वर्ष २०८३/८४ को साउन र भदौ महिनामा एक पुनर्बीमकसँगै ६ वटा बीमा कम्पनीहरूमा स्थलगत निरिक्षण गरेको छ । प्राधिकरणका अनुसार, २ वटा कम्पनीमा नियमित र १ वटा कम्पनीमा आकस्मिक गरी ३ वटा जीवन बीमकको प्रधान कार्यालयमा स्थलगत […]

सुदूरपश्चिम प्रदेशको बजेट ३७ अर्ब ७० करोड

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले आइतबार बसेको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन्। यसअघि तत्कालीन सरकारले गत असार १ गते प्रदेशसभामा पेस गरेको विनियोजन विधेयक र अर्थ विधेयक फिर्ता लिएर आवश्यक […]

बडादसैँ सुरु, हनुमानढोकामा विधिपूर्वक जमरा राखियो

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। दसैँको पहिलो दिन घटस्थापनाको अवसरमा काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा विधिपूर्वक जमरा राखिएको छ। घटस्थापनाका दिन वैदिक विधिअनुसार पूजा–आराधना गरी जौ, मकै, गहुँलगायत अन्न छरेर जमरा राख्ने परम्परा छ। यस दिनदेखि नौ दिनसम्म नवदुर्गा भवानीको पूजा–आराधना गरिने भएकाले घटस्थापनालाई बडादसैँको सुरुवातका रूपमा लिइन्छ। हनुमानढोकास्थित दसैँघरमा राखिएको जमरा […]

‘कक्रोच’ समूहका नेता रिहा, दिल्लीमा लगातार दोस्रो दिन पनि प्रदर्शन

काठमाडौं । भारतको राजधानी दिल्लीमा हजारौँ सुरक्षाकर्मी परिचालन गरिनुका साथै सडकमा अवरोध खडा गरिएका बेला जेन–जी नेतृत्वको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) का शीर्ष नेताहरू अदालतको आदेशपछि रिहा भएका छन्। दिल्लीमा लगातार दोस्रो दिन पनि प्रदर्शन जारी छ। भारतका प्रधानन्यायाधीशले रोजगारीविहीन केही युवालाई ‘कक्रोच’ अर्थात् साङ्ला भनेपछि त्यसको विरोधमा मे महिनामा आन्दोलन सुरु गरेका अभिजित दिप्के […]