Global College

सिटिजन्स सुपर ५० म्युचुअल फन्डको इकाईमा आवेदन दिने म्याद थप, मंसिर १६ सम्म आवेदन दिन पाइने

काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने सिटिजन्स सुपर ५० को इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ। मागअनुसार पर्याप्त आवेदन नपरेपछि योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडले मंसिर १६ गतेसम्म इकाई बिक्री खुला राख्ने जनाएको छ। यसअघि मंसिर २ गतेदेखि ७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।

सिटिजन्स सुपर ५० बन्दमुखी प्रकृतिको म्युचुअल फन्ड योजना हो। यस योजनाले प्रतिइकाई १० रुपैयाँका दरले कुल १० करोड इकाई निष्काशन गर्न लागेको हो। जसमध्ये कुल निष्काशित इकाईको न्यूनतम १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेसनलका लागि छुट्याइएको छ। बाँकी आठ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

यस योजनामा लगानी गर्न इच्छुक व्यक्तिले न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड इकाईसम्म आवेदन दिन सक्नेछन्। प्रतिइकाई १० रुपैयाँका दरले न्यूनतम आवेदन रकम एक हजार रुपैयाँ लाग्नेछ। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखाबाट दिन सकिनेछ।

त्यस्तै लगानीकर्ताले सिडिएस एन्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्। कम्पनीका अनुसार इकाई निष्काशन मंसिर १६ गते बैंकिङ समयपछि बन्द हुनेछ। तर तोकिएको म्यादअघि नै मागभन्दा बढी आवेदन परेमा बिक्री प्रक्रिया अगावै बन्द गरिनेछ। यस योजनाको कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेसनल र योजना व्यवस्थापक तथा डिपोजिटरी सिटिजन्स क्यापिटल लिमिटेड रहेका छन्।

NECO

Leave Your Comment

Related News