पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

काठमाडौं । त्रिशूली नदीले सडक कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका–५, गलौदीस्थित सडक आज दिउँसो ३:१० बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो। सडक सञ्चालनमा आएसँगै उक्त खण्डमा रोकिएका तथा आवतजावत गर्ने सवारीसाधनलाई दुवैतर्फ चल्न सहज भएको छ।

भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध

काठमाडौं । भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न लागेको १५ अर्ब डलरको विशाल कृत्रिम बौद्धिकता (एआई) डाटा सेन्टरविरुद्ध स्थानीय बासिन्दाको विरोध बढेको छ । उनीहरूले परियोजनाले पानी र बिजुलीको स्रोतमा चाप बढाउनुका साथै वातावरणमा क्षति पुर्‍याउने र अपेक्षाकृत कम रोजगारी सिर्जना गर्ने चिन्ता व्यक्त गरेका छन् । विशाखापटनममा निर्माण हुने उक्त डाटा […]

पहिरोले नदी थुनिएर बुढीगण्डकीमा बाढी आएको प्रारम्भिक आकलन

काठमाडौं । गोरखाको बुढीगण्डकी नदीमा पहिरो खसेर नदी थुनिएपछि बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी आएको प्रारम्भिक आकलन गरिएको छ। बाढीको कारणबारे थप अध्ययन भइरहेको छ। नेपाली सेनाका अधिकारीहरूले हेलिकप्टरबाट गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच गएको पहिरोको निरीक्षण गरेका थिए। निरीक्षणपछि सैनिक अधिकारीहरूले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई यस्तो रिपोर्टिङ गरेका […]

बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल 

काठमाडौं ।  नेपाल ट्रक यातायात व्यवसायी महासंघले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा जोखिम न्यूनीकरण तथा उद्धार कार्यमा जुट्न यातायात व्यवसायी, मजदुर र सर्वसाधारणलाई अपिल गरेको छ । महासंघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत बाढीबाट ठूलो मात्रामा जनधनको क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको जनाउँदै प्रभावित क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको हो । बाढीको […]

ड्रोन आक्रमणपछि यान्डेक्सको डाटा सेन्टर पूर्ण रूपमा बन्द

काठमाडौं । रूसको राजधानी मस्कोको पूर्वमा रहेको प्रविधि कम्पनी यान्डेक्सको डाटा सेन्टरमा ड्रोन आक्रमणबाट क्षति पुगेपछि सञ्चालन अवरुद्ध भएको कम्पनीले आइतबार जनाएको छ । ‘रूसको गुगल’ भनेर चिनिने यान्डेक्सले देशको सबैभन्दा लोकप्रिय खोज इन्जिनका साथै खाना अर्डर गर्ने र ट्याक्सी सेवासम्बन्धी एप सञ्चालन गर्दै आएको छ । एक साताभित्र यान्डेक्सका डाटा सेन्टरमा आक्रमण भएको यो […]

गोरखाको बुढीगण्डकीमा पहिरोपछि भीषण बाढी: ५ जना बेपत्ता, पुल तथा जलविद्युत् आयोजनामा व्यापक क्षति

काठमाडौं । गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पादेखि चुम्लिङको बीचमा गएको ठूलो पहिरोले बुढीगण्डकी नदी थुनिएर लेदोसहित आएको भीषण बाढीका कारण ठूलो भौतिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रेस नोटअनुसार चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उङ्गिलुङ निवासी भेडीगोठमा रहेका २ महिला र ३ पुरुष गरी ५ जना सर्वसाधारण हालसम्म सम्पर्कविहीन […]

रोहितको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य

काठमाडौं ।  रोहितकुमार पौडेलको शतकमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा क्यानडासामु २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार ओमानको अल अमिरेट्स क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको हो । नेपालका रोहितले सर्वाधिक १०१ रनको योगदान गरे । उनले १२७ […]

नेपथ्य कन्सर्टमा सार्वजनिक भयो टीभीएस एनटोर्क १५०

काठमाडौं । जगदम्बा मोटर्स प्रालिले नेपालको पहिलो १५० सीसी हाइपर स्पोर्ट स्कुटरका रूपमा TVS NTORQ 150 सार्वजनिक गरेको छ । कम्पनीले शनिबार कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुल ग्राउन्डमा आयोजित ‘नेपथ्य लाइभ इन कीर्तिपुर’ कन्सर्टमा स्कुटर सार्वजनिक गरेको हो ।स्कुटरको अनावरण जगदम्बा मोटर्सका प्रमुख सञ्चालन अधिकृत दीपेन्द्र मिश्र र वरिष्ठ मार्केटिङ म्यानेजर करुणा पुडासैनीले संयुक्त रूपमा गरेका थिए […]

निर्जीवनले ९.८३ अर्ब र लघुले १४ करोड बढी बीमाशुल्क संकलन

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनासम्ममा १४ वटा निर्जीवन बीमा कम्पनीहरूले कुल ९ अर्ब ८३ करोड २५ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ९ करोड ५० लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले १ अर्ब ४ करोड ३४ लाख […]

कांग्रेसमा २ हजार २३१ मत गणना गर्दा उपसभापति र महामन्त्रीका उम्मेदवारले कति कति पाए मत ?

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति र महामन्त्रीको शनिबार रातिबाट सुरु गणना जारी छ । कांग्रेस महाधिवेशनमा ७ हजार ४३ मत खसेकोमा अहिलेसम्म २ हजार २३१ मत गणना भएको निर्वाचन समितिले जनाएको छ ।  यति मत गन्दा उपसभापति खुला र समावेशी तथा महामन्त्री खुला र महिलामा  उम्मेदवारहरूले ल्याएको मत यस प्रकार छ । उपसभापति (खुल्ला-२ जना) […]