Global College

आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना

काठमाडौं । नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै, पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।

कोसी प्रदेशलगायत देशको हिमाली भू–भागमा आंशिक बदल लागेको छ तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । विभागका अनुसार, आइतबार (मंसिर ६) दिउँसो मधेस र कोसीलगायत गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशको तराई भू–भागका साथै मधेसको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । राति, देशको हिमाली क्षेत्रमा साथै कोसी प्रदेशको तराई क्षेत्रमा र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा÷हिमपातको सम्भावना छ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्ने विभागले जनाएको छ ।

NECO

Leave Your Comment

Related News