राष्ट्रपतिद्वारा भक्तपुरस्थित नवदुर्गा भगवतीको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित नवदुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गरेका छन् । बडा दसैँको अन्तिम दिन अर्थात् बुधबार आश्विन शुक्ल पूर्णिमाका दिन राष्ट्रपति पौडेलले त्यहाँ रहेको नवदुर्गा भगवतीको पूजाअर्चना गरेका हुन् । बडादसैँको अन्तिम दिन राष्ट्र प्रमुखले भक्तपुरस्थित नवदुर्गा भगवतीको पूजाअर्चना गर्ने प्रचलन छ । यसअघि राष्ट्रपति पौडेलले विभिन्न शक्तिपिठको दर्शन गरी पूजाअर्चना […]

मन्थलीमा रोकिएका पर्यटकलाई सेनाको जहाजबाट उद्धार गरिने

काठमाडौं । सगरमाथा क्षेत्र जान रामेछाप मन्थली पुगेका पर्यटक नियमित उडान अभावले अलपत्र परेपछि नेपाली सेनाको जहाजबाट उद्धार गरिने भएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले मन्थलीमा रोकिएका पर्यटकको विवरण उपलब्ध गराउन आफ्ना सदस्य कम्पनीसँग आग्रह गरेको छ । उनीहरूलाई नेपाली सेनाको जहाजबाट मन्थली–लुक्ला–मन्थली वा काठमाडौं–लुक्ला–काठमाडौं रुटमा स–शुल्क उडान गर्ने गरी सेनासँग […]

बुधबार यी हुन् २० सर्वाधिक कारोबार गर्ने कम्पनी

काठमाडौं । बुधबार नेप्से परिसूचक ४३.२२ अंकले बढेर २७४२.८८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.६८ अंकले बढेर ४९३.९८ विन्दुमा पुगेर बन्द भएको छ । नेप्से सुचकहरु फलोट इन्डेक्स र सेन्सेटिभ फलोट इन्डेक्स पनि मंगलबार बढेको हो । बुधबार ३२० वटा कम्पनीको १ करोड ३२ लाख २४ हजार […]

नेप्से सँगै कारोबार रकम २ अर्ब ५९ करोडले बढ्यो

काठमाडौं । दसैं सकिए सँगै दोस्रो दिन पनि शेयर बजार बढेको छ । मंगलबार ३१ अंकले बढेको नेप्से परिसूचक बुधबार पनि १.६० प्रतिशतले बढेको हो । बुधबार नेप्से परिसूचक ४३.२२ अंकले बढेर २७४२.८८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.६८ अंकले बढेर ४९३.९८ विन्दुमा पुगेर बन्द भएको छ […]

छिमेक लघुवित्त संस्थापक शेयर विक्री गर्दै

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी प्रकाश चन्द्र खनालको नाममा रहेको २ हजार ९७७ कित्ता शेयर बिक्रीमा राखेको हो । अहिले धितोपत्रको दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ हजारमा कारोबार भइरहेको छ । उक्त शेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता ४३० रुपैयाँ तोकिएको छ । […]

दाउन्ने एग्रो फार्मले आईपीओ ल्याउने

काठमाडौं । दाउन्ने एग्रो फार्म लिमिटेडले साधारण शेयर(आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि कम्पनी विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ । बिक्री प्रबन्ध नियुक्ति सम्बन्धी सम्झौतामा आज सिटिजन्स क्यापिटल र दाउन्ने एग्रो फार्मबीच हस्ताक्षर भएको हो। सम्झौतापत्रमा दाउन्ने एग्रो फार्मका तर्फबाट कार्यकारी निर्देशक विनोद पोखरेल तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी […]

राष्ट्रिय वाणिज्य बैंकले ‘किसान सरल कर्जा’ वितरण गर्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कृषि क्षेत्रको विकासका लागि अधिकतम १० लाख रुपैंयासम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैंक कार्यक्रम अन्तर्गत किसान सरल कर्जा प्रोडक्टको शुभारम्भ गरेको छ । १० लाख रकम भित्र १ लाख रुपैंया बराबरको किसान क्रेडिट कार्ड समेत लिन सकिनेछ । कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका […]

शोधान्तर बचत १ खर्ब नाघ्यो, चालु खाता ४९ अर्ब बचतमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दुई महिनामा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५५ अर्ब १० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४१ करोड ७० लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७५ करोड ७९ […]

भदौमा मूल्यवृद्धि ३.८५ प्रतिशत

काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि ३.८५ प्रतिशत रहेको जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ८.१९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.०३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.१९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको […]

“बैङ्क खाता रोक्का तथा फुक्का सम्बन्धी बिनियमावली, २०८१ जारी

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले “बैङ्क खाता रोक्का तथा फुक्का सम्बन्धी बिनियमावली, २०८१ को पहिलो संशोधन सहितको संशोधित विनियमावली नेपाल राष्ट्र बैङ्क एेन, २०५८ को दफा ७९वमोजिम जारी गरेको छ । सो बिनियमावली असोज २९ गते नेपाल राष्ट्र बैङ्क सञ्चालक समितिल; पास गरेर १०८१ असोज १ बाट लागु हुने छ । संशोधित बिनियमावली अनुसार प्रचलित […]