त्रिभुवन विश्व विध्यालयको पढाइ कार्तिक ११ बाट मात्र हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यो शेक्षिक सत्रको कक्षा सञ्चालन आगामी  कात्तिक ११ गतेदेखि मात्रै नियमित हुने  जनाएको छ।  आज बिहान त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय तथा जनसमम्पर्क महाशाखाले सूचना जारी गर्दै मुलुकमा विद्यमान असामान्य परिस्थितिको कारण यस्तो निर्णय गरिएको जानकारी दिएको हाे। आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरि यही भदौ २९, ३० र ३१, आगामी असोज […]

जेन–जीको भर्चुअल बैठकमा सर्वमान्य नेताको खोजी, सुशीला कार्की चर्चामा

काठमाडौं । जेन–जी समूहले बिहीबार बिहानदेखि भर्चुअल बैठकमार्फत उपयुक्त नेतृत्वको खोजीलाई निरन्तरता दिइरहेको छ। करिब पाँच घण्टादेखि चलिरहेको छलफलमा विभिन्न सम्भावित व्यक्तिहरूको नाम उठाइए पनि अहिलेसम्म सर्वसम्मत निर्णयमा पुगिएको छैन। बैठकमा सहभागी अधिकांशले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सम्भावित प्रतिनिधिका रूपमा प्रस्तुत गरेका छन्।

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । जेनजी आन्दोलनको कारण ठप्प बनेको त्रिभुवन विमानस्थल सुचारु गर्ने निर्णय भएको छ । हिजोबाट बन्द गरिएका हवाइ उडानहरु सुचारु गर्ने निर्णय आज बसेको विमानस्थल सुरक्षा समितिको बैठकले गरेको हो । विमानस्थलको सार्वजनिक सूचनामा भनिएको छ, ‘हवाइ उडानका लागि विमानस्थल आवागमन गर्नुहुने यात्रु महानुभावहरुले आआफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र […]

बागलुङमा पनि निषेधाज्ञा जारी

ढोरपाटन (बागलुङ) । जिल्ला प्रशासन कार्यालय बागलुङले आज बिहान ९ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले अर्को आदेश नआउञ्जेलसम्मका लागि निषेधाज्ञा आदेश जारी गर्नु भएको हो । बागलुङ नगरपालिका–१, २, ३ र ४ भित्रका सबै क्षेत्रह, गलकोट […]

‘अलपत्र विदेशीलाई सहयोग गरौँ’

काठमाडौं । नेपाली सेनाले अलपत्र परेका विदेशी नागरिकलाई सहयोग गर्न आह्वान गरेको छ । विदेशी नागरिकहरूसँग सम्बन्धित होटल, पर्यटन व्यवसायी वा अन्य सङ्घसंस्थालाई उद्धार तथा सहयोगका लागि आवश्यक समन्वय एवं सहजीकरण गर्न सेनाले आह्वान गरेको हो । विद्यमान जटिल परिस्थितिका कारण अलपत्र अवस्थामा उद्धारलगायत कुनै पनि सहयोगको प्रतीक्षामा रहनुभएका सबै विदेशी नागरिकहरुलाई नजिकको सुरक्षा निकाय […]

त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

काठमाडौं । विमानस्थलका साथै काठमाडौँ उपत्यकाको आकाशमा धुँवाको मुस्लो बढेपछि मङ्गलबार अपराह्नदेखि बन्द रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आज साँझ ६ः०० बजेसम्म नखुल्ने भएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान बन्द गरिएको तर आपत्कालीन उडान र मेडिकल उडान भने सञ्चालन हुनेछन् । यसअघि आज मध्याह्न १२ः०० बजेसम्मका लागि विमानस्थल […]

कर्फ्यू भाेलि बिहान ६ बजेसम्म

काठमाडौं । नेपाली सेनाले आज बेलुकी ५ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ । सेनाले मुलुकमा उत्पन्न विपद् परिस्थितिका कारण शान्ति सुरक्षा कायम राख्न आज बेलुकी ५ बजेसम्म कर्फ्यु लगाएको हो । नेपाली सेनाले जारी गरेको विज्ञप्तिअनुसार आज लागू भएको निषेधाज्ञा भोलि (भदौ २६) बिहान ६ बजेसम्म निरन्तर रहनेछ । त्यसपछि पनि अवस्थाको समीक्षाअनुसार थप निर्णय […]

दुई दिन शेयर कारोबार नहुने

काठमाडौं । आज र भोलि (भदौ २५ र २६ गते) पुँजी बजारमा शेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचना जारी गरेर यस्तो जानकारी दिएको हो । “हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगन गर्न अनुरोध भएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार २०८२ भदौ […]

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज १२ बजेसम्म उडान बन्द

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो । कम्पनीले यात्रु वर्गमा पर्न […]

आज राति १० बजेबाट सेना खटिने

काठमाडौं । आज राति १० बजेबाट सेना खटिने भएको छ। परिस्थिति नियन्त्रणमा लिन सेना खटिने भएकाे हाे। हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरुले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुऱ्याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको भन्दै सेना खटिन लागेको हो। सैनिक मुख्यालयले विज्ञप्ति जारी गरी सर्वसाधारण तथा नागरिकको सम्पत्तिमा क्षति […]