CLI
Global College

त्रिभुवन विश्व विध्यालयको पढाइ कार्तिक ११ बाट मात्र हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यो शेक्षिक सत्रको कक्षा सञ्चालन आगामी  कात्तिक ११ गतेदेखि मात्रै नियमित हुने  जनाएको छ।  आज बिहान त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय तथा जनसमम्पर्क महाशाखाले सूचना जारी गर्दै मुलुकमा विद्यमान असामान्य परिस्थितिको कारण यस्तो निर्णय गरिएको जानकारी दिएको हाे।

आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरि यही भदौ २९, ३० र ३१, आगामी असोज १, २ र ५ का साथै आगामी कात्तिक ९ गतेका हुने भनिएको त्रिविको सम्पूर्ण पठनपाठन बन्द गर्ने निणय गरिएको सूचनामा उल्लेख छ।

नियमित पठनपाठन आगामी कात्तिक ११ गतेदेखि मात्रै सञ्चालन हुने त्रिविले जनाएको छ।

Leave Your Comment

Related News