१ हजार करोडको बिकास ऋणपत्र-२०८७  ल्याउदै सरकार

काठमाडौं । सरकारले  सार्वजनिक ऋण व्यवस्थापन कार्यालय मार्फत  १० अर्वको   ६  बर्षे बिकास ऋणपत्र-२०८७  ल्याउने भएको छ । कार्तिक २८ गते बोलकबोल बिधिमार्फत बिक्रि गरि २०८१ कार्ति २९ गते ऋणपत्र सार्वजनिक निश्काशन गरिने सार्वजनिक ऋण व्यवस्थापक कार्यालयले जनाएको छ । बिकास ऋणपत्र खरिद गर्न इच्छुक खरिद कर्ताले  सार्वजनिक ऋण व्यवस्थापक कार्यालयको domsको url https:\\doms.gov.np\csd/Maintree.do बाट […]

भैरहवाबाट चार एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान, कतार एयरवेज स्वीकृति प्रक्रियामा

काठमाडौं । मुलुकको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि दैनिक १० घण्टा बन्द भएसँगै भैरहवास्थित दोस्रो अन्तर्राष्टिय्र विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बिजनेस पाउन थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ट्याक्सी–वे विस्तारका लागि दैनिक १४ घण्टा मात्र सञ्चालन हुने भएपछि यसको लाभ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पाउन थालेको छ । २०२२ मे १६ देखि सञ्चालनमा […]

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

काठमाडौं । पूर्वको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषयमा विवाद हुँदा झडप निम्तिएको छ । केबलकार बनाउन दिने र नदिने पक्षबीच शुक्रबार शुक्रबार झडप भएको हो । ताप्लेजुङको फुङ्लिङ नगरपालिका(१० काफ्लेपाटीमा स्थानीयबीच झडप भएको हो । पाथीभरा दर्शन केबलकारको निर्माणका लागि शिलान्यास गर्ने कार्यक्रममाका बीचमा झडप भएको हो । कार्यक्रम सुरु भएलगत्तै पाथीभरामा केबलकार बनाउन दिनु […]

निर्धारित समयमै विमानस्थलको स्तरोन्नति गर्न वायुसेवा सञ्चालक सङ्घको माग

काठमाडौं । वायु सेवा सञ्चालक सङ्घले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति कार्य तदारुक्ताका साथ निर्धारित समयमै गर्न माग गरेको छ । सङ्घले बुधबार विज्ञप्ति जारी गरी विमानस्थल स्तरोन्नति निर्धारित समयमा सम्पन्न नभएमा सदस्य वायुसेवा कम्पनीहरू आर्थिक घाटामा गई कम्पनी नै बन्द गर्नुपर्ने अवस्था सृजना हुनसक्नेतर्फ सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यही […]

नेपाल एयरलाइन्सको भैरहवा–दुबई उडान भोलिदेखि

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सले कात्तिक २३ गते शुक्रबारदेखि भैरहवा–दुबई उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सले साताको आइतबार, सोमबार, बुधबार र शुक्रबार राति ९:३० बजे काठमाडौँबाट उडान गर्ने र करिब आधा घण्टापछि भैरहवा विमानस्थलबाट यात्रु लिएर दुबई प्रस्थान गर्ने छ । भैरहवा विमानस्थलबाट नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्ससँगै संयुक्त अरब इमिरेट्स (युएई) […]

विश्व बैंकको सहयोगका आयोजनाहरुको तयारी फास्ट ट्रयाकमा गरिने

काठमाडौं । विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिब ७२ अर्ब रुपैयाँ बराबरका पाँचवटा आयोजनाको तयारी फास्ट ट्रयाकमा गरिने भएको छ । अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व पश्चिम राजमार्गको बागमती(पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्व तयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो । यसैगरी तेस्रो […]

कार्तिक २३ गतेबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति हुँदै, कसरी हुन्छ काम

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)को क्षमता अभिवृद्धि गरिँदैछ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले यही कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर करिब पाँच महिनासम्म विमानस्थल विस्तार गर्न लागेको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत विस्तार […]

पृथ्वीराजमार्गको ६३ किमी कालोपत्र सम्पन्न

काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा दुई लेनको ६३ किलोमिटर सडक कालोपत्र गरिएको छ । आयोजनाको पूर्वी खण्डका अनुसार २९ किमी चार लेन र पाँच किमी दुई लेनको सडकमा कालोपत्र गरिएको हो । तिहारको समयमा पनि काम भएको आयोजनाको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । ”यस खण्डको हालसम्म ६८ प्रतिशत कार्य प्रगति भएको छ,” […]

रारा विमानास्थलको टर्मिनल भवन निर्माण अन्तिम चरणमा

काठमाडौं । रारा विमानस्थलमा निर्माणाधीन टर्मिनल भवन अन्तिम चरणमा पुगेको छ । खानेपानी तथा सरसफाइ, रङ्गरोगनबाहेक भवन निर्माणको सबै काम सकिएसँगै टर्मिनल भवन अन्तिम चरणमा पुगेको हो । भवन निर्माणको निर्धारित समयावधिमा काम सम्पन्न नभएपछि पटकपटक गरी चारपटक म्याद थप गरिएको बताउँदै विमानस्थलस्थित टर्मिनल बिल्डिङ एन्ड कन्ट्रोल टावरका आयोजना प्रमुख महेश नेपालीले हालसम्म ८५ प्रतिशत काम […]

अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

काठमाडौं । राहुगङ्गा नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणका अन्तिम चरणमा पुगेको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बाँध र वडा नम्बर ४ दग्नामको फेदीमा विद्युत्गृह रहेको आयोजनाको चार हजार नौ सय मिटर लामो सुरुङ ‘लाइनिङ’ भइरहेको छ । तुँदी पावर कम्पनी प्रवद्र्धक रहेको अपर राहुघाटका इन्जिनियर नरोत्तम कार्कीले विद्युत्गृह, […]