बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले झापाको कनकाई नदीमा निर्माणाधीन तटबन्ध कार्यमा कुनै पनि ढिलाइ नगर्न निर्देशन दिएका छन्। उनले तटबन्ध पुनर्निर्माण स्थलको निरीक्षण गर्दै समयमै काम सम्पन्न नभए कम्तीमा १०५ घरधुरी पूर्ण रूपमा विस्थापित हुने गम्भीर जोखिम रहेको औंल्याए । गत वर्ष असोज १०, ११ र १२ गतेको अविरल वर्षाले कनकाई नदीमा […]

मन्त्री गुप्ताद्धारा सखुवाप्रसौनी र पटेर्वासुगौलीमा सडक शिलन्यास

पर्सा । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्साको सखुवाप्रसौनी गाउँपालिका –५ र पटेर्वासुगौली गाउँपालिका -१ मा सडकको शिलन्यास गरेका छन् । मधेश प्रदेश सरकारको ९० लाखको बजेटबाट सखुवा प्रसौनी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिकामा निर्माण हुने सडक ढलानको शिलन्यास सँगै मन्त्री गुप्ताले पटेर्वासुगौली गाउँपालिकाको ४ मा निर्माण हुने खेलकुद मैदानको पनि आज […]

नागढुङ्गा–नौबिसे सडक खण्ड ५ दिन बन्द हुने, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

काठमाडौं । नागढुङ्गा–नौबिसे सडक सोमबार देखि बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य गर्न सडक ५ दिनसम्म दिउँसोको समयमा बन्द हुने भएको हो । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ देखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा–मुग्लिङ्ग सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ । आयोजनाले […]

कालीगण्डकी करिडोर भौतिक प्रगति ८४% वित्तीय प्रगति ६ अर्ब ६४ करोड

काठमाडौं । उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ। कोरला सडक आयोजनाले सुरुवातीदेखि हालसम्म ४३ वटा योजनाका लागि ७ अर्ब ९० करोड ७० लाख रूपैयाँ बजेट ठेक्का सम्झौता गरिकामा ६ अर्ब ६४ करोड १८ लाख रूपैयाँ खर्च भइसकेको जनाएको छ। आयोजना सुरुवातदेखि चालु आर्थिक वर्षको हालसम्म ४३ वटा योजना कार्यान्वयनमा […]

उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट

काठमाडौं ।  उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यका नदी स्वच्छ बनाउन र करिडोर सडक स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिएको बताएका  छन् । काठमाडौँ उपत्यका विकास प्राधिकरणले आज गोकर्णेश्वर–५ बागमती करिडोरमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले सहरी विकास मन्त्रालयले बागमतीसहित उपत्यकाका नदी स्वच्छ बनाउन रु तीन अर्ब ४२ करोड विनियोजन गरेको बताए । […]

बाढीले डाइभर्सन बगाएपछि कान्ति लोकपथ पूर्णरूपमा अवरुद्ध

काठमाडौं । हेटौँडा–काठमाडौँलाई जोड्ने कान्ति लोकपथ अन्तर्गत मकवानपुर र ललितपुरको सिमाना बगुवास्थित बागमती खोलामा निर्माण गरिएको डाइभर्सन मार्ग बाढीले बगाएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ। बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार बुधबारदेखि डाइभर्सनमार्फत सडक सञ्चालनमा ल्याइएको भए पनि बिहीबार बिहानको वर्षासँगै बागमती खोलाको बहाव तीव्र भई डाइभर्सनमा प्रयोग गरिएका ह्युम पाइपहरू बगाएका हुन्। त्यसपछि बाटो […]

मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत, लागत ५७ अर्ब ६४ करोड

काठमाडौं । लगानी बोर्ड नेपालले मुक्तिनाथ केवलकार परियोजनासहित विभिन्न महत्त्वपूर्ण पूर्वाधार तथा ऊर्जा परियोजनाहरूको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री एवं बोर्ड अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ६४औँ बैठकले यी निर्णयहरू पारित गरेको हो। बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी/नयाँ पुल)देखि मुस्ताङको मुक्तिनाथसम्म सातवटा स्टेशनसहित निर्माण गरिने ८१.०४१ किलोमिटर लामो केवलकार परियोजनालाई […]

नीति र बजेटबीच असन्तुलनः अध्यक्ष सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारको नीति र बजेटबीच असन्तुलन प्रति चिन्ता व्यक्त गरे। नेपाल पूर्वाधार पत्रकार समाज र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा सम्पन्न छलफल कार्यक्रममा निर्माण क्षेत्रका चुनौती र आगामी आर्थिक वर्षको बजेट सम्बन्धी कार्यक्रममा अध्यक्ष नीति र बजेटबीचको असन्तुलनमा चिन्ता व्यक्त गरेका हुन् । अध्यक्ष सिंहका अनुसार […]

दिगो र प्रभावकारी विकासतर्फ सरकार उन्मुख: भौतिक मन्त्री दाहाल

काठमाडौं । सरकारले अबदेखि साना र छरपस्ट योजनाको सट्टा ठूला र प्रभावकारी योजनामा ध्यान केन्द्रित गर्ने संकेत दिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आगामी आर्थिक वर्षको बजेटमा ३ करोडभन्दा कम लागतका योजना समावेश नगरी, अब ५ करोडभन्दा माथिका योजना मात्र अघि बढाउने अभ्यास थालिने स्पष्ट पारेका छन्। “यसले ठूला र प्रभावशाली आयोजनामा बजेट […]

एमसीसी परियोजनाका लागि साढे ८ अर्ब बजेट विनियोजन

काठमाडौं । सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत सञ्चालित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपाल परियोजनाका लागि आगामी आर्थिक वर्ष २०८२/८३ मा ८ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थ मन्त्रालयका अनुसार सो बजेटमध्ये २ अर्ब ७७ करोड रुपैयाँ मात्रै सरकार आफैंले खर्च गर्नेछ भने बाँकी ५ अर्ब ६८ करोड रुपैयाँ वैदेशिक अनुदानबाट जुटाइनेछ। […]