भ्रष्टाचारको विपक्षमा वकलात गर्ने प्रधानमन्त्रीको इमान्दारिता र निष्पक्षता सेबोन अध्यक्ष नियुक्तीबाट थाहा हुन्छ: रास्वपा सांसद झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ती प्रक्रियामा प्रधानमन्त्री केपी शर्मा ओलीको निष्पक्षता र इमानदारिता हेर्न पाइने बताएका छन् । फेसबुकमा स्ट्याटस लेख्दै सांसद झाले भ्रष्टाचारको विपक्षमा वकलात गर्ने प्रधानमन्त्री ओलीको इमान्दारिता र निष्पक्षता सेबोन अध्यक्ष नियुक्ती प्रक्रियाबाट थाहा हुने बताएका हुन् । झाले फेसबुकमा लेखेका छन्, सम्माननीय प्रधानमन्त्रीज्यू […]

नेपालले ‘बीबी माइनस’ पाउँदा कुन-कुन मुलुकले पाए सर्वोत्कृष्टको ट्याग ‘एएए’ ?

काठमाडौं ।  सरकारले करमा लिएको नीतिका कारण नेपाली अर्थतन्त्र सुधारउन्मुख भएको बताइएको छ । पछिल्लो वर्षहरुमा संघीय सरकारले घरेलु राजस्व परिचालन रणनीति लिए सँगै अर्थतन्त्र सुधारउन्मुख भएको नेपालको कन्ट्री रेटिङ गर्न आएको फिच रेटिङ एजेन्सीले बताएको हो । फिचका अनुसार अर्थतन्त्र सुधारका प्रयासमा राजस्व न्यूनस्तरबाट बढाउदै लैजाने क्रममा सन् २०२४ मा राजस्वको योगदान कुल गार्हस्थ […]

झापाबाट ११ करोडको चिया निर्यात

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो । “गुणस्तरीय चिया उत्पादनमा जोड दिइरहेका छौँ । चियाखेती गर्ने किसान हाम्रो सहकारीका सदस्य हुनुहुन्छ । चियाखेती किसानहरूले […]

नीतिगत र संस्थागत सुधार विना पुँजीगत खर्च बढाउन कठिन, विनियोजित बजेटसमेत खर्च नहुँदा निर्माण क्षेत्र सुस्त

काठमाडौं । नीतिगत र संस्थागत सुधार विना पुँजीगत खर्च बढाउन कठिन रहेको अध्ययनले देखाएको छ । नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाजले संयुक्त रुपमा गरेको चालु आर्थिक वर्षको बजेटको कार्यान्वयनको त्रैमासिक अवस्थामाथिको अध्ययनले विनियोजित बजेटमार्फत गरिएका सुधारका कार्यक्रमसमेत कार्यान्वयन नहुँदा बजेट खर्च हुन नसकेको र यसको प्रभाव पूर्वाधार निर्माण क्षेत्रमा परिरहेको उल्लेख गरेको […]

लगानी जुटेसँगै १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु

काठमाडौं । मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित १३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसँगै निर्माण प्रारम्भ भएको छ । आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएसँगै निर्माण प्रारम्भ भएको आयोजनाको लगानीकर्तामध्येको एक कम्पनी बुटवल पावर कम्पनी लिमिटेडले प्रेस विज्ञप्ति निकालेर जनाएको छ । गत महिना चीनको एक्जीम बैंकसँग कर्जा सम्झौता भएको थियो । […]

४२.५ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडियो

काठमाडौं । चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ । शुक्रबार साँझ उक्त आयोजनाको पहिलो युनिटबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको हो । रसुवाको आमाछोदिङ्मो–५ मा निर्माण भएको सो आयोजनाको क्षमता ४२.५ मेगावाट छ । सबै प्राविधिक परीक्षण सम्पन्न भई पहिलो युनिटबाट उत्पादित विद्युत् राष्ट्रिय […]

‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप

काठमाडौं । सरकारले पूर्वसचिव रामेश्वरप्रसाद खनालको अध्यक्षतामा गठित ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा निजी क्षेत्रबाट सदस्य थप गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रलायले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले निजी क्षेत्रबाट चन्द्रप्रसाद ढकाल (अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासङ्घ) राजेशकुमार अग्रवाल (अध्यक्ष, नेपाल उद्योग परिसङ्घ) र कमलेशकुमार […]

युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.२११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमा ४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२११ प्रतिशत नगद लाभांश रहेको छ । मंसिर ६ गते […]

छ सय ग्राहकको विद्युत्को लाइन काटिँदै

बैतडी । विद्युत् महसुल नतिर्ने करिब छ सय ग्राहकको विद्युत लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको लाइन काट्ने तयारी गरेको हो । जिल्लामा विद्युत् प्राधिकरणका ग्राहकबाट रु ८० लाख बढी बक्यौता रकम उठाउन बाँकी छ । केन्द्रका अनुुसार विद्युत महसुलबापतको रु ८० लाख […]

लिबर्टी इनर्जीको मंसिर १६ गतेदेखि १:०.५ हकप्रद शेयर आउँदै

काठमाडौं । लिबर्टी इनर्जी कम्पनीले मंसिर १६ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ५० करोड रुपियाँको १:०.५० को अनुपातमा ७५ करोड रुपियाँ बराबरको हकप्रद शेयर जारी गर्न लागेको हो । कम्पनीले १०० रुपियाँ अंकित मूल्यमा ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । शेयर निष्कासनका लागि […]