प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने सम्भावना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरी प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। प्रधानमन्त्रीले सोमबार २ बजेका लागि त्रैमासिक समीक्षा बैठक बोलाएका थिए। त्यो बैठक स्थगन गरेर प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका उनको सचिवालयले जनाएको छ। आजको मन्त्रिपरिषद् बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने सम्भावना छ। […]

