मेलम्ची र इन्द्रावतीमा बाढीको जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा भइरहेको भारी वर्षाका कारण मेलम्ची खोला र इन्द्रावती नदीमा बाढीको जोखिम बढेको जनाएको छ। महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोकको मेलम्ची, बोल्डे, ढुंगे तार्के, सेर्माथाङ र आसपासका क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षा दर्ता भएको छ। उक्त क्षेत्रहरूमा थप वर्षा […]

