RE
Global College

मेलम्ची र इन्द्रावतीमा बाढीको जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा भइरहेको भारी वर्षाका कारण मेलम्ची खोला र इन्द्रावती नदीमा बाढीको जोखिम बढेको जनाएको छ।

महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोकको मेलम्ची, बोल्डे, ढुंगे तार्के, सेर्माथाङ र आसपासका क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षा दर्ता भएको छ। उक्त क्षेत्रहरूमा थप वर्षा हुने सम्भावना अझै कायमै रहेकाले नदी तथा खोलाहरूमा जलसतह तीव्र रूपमा बढ्न सक्ने चेतावनी दिइएको छ।

बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै मेलम्ची खोला र इन्द्रावती नदीको तल्लो तटीय क्षेत्र (दोलालघाट दोभानसम्म) का बासिन्दाहरूलाई भोलि बिहानसम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले विशेष आग्रह गरेको छ।

NECO

Leave Your Comment

Related News