पार्क र ट्राफिक आइल्याण्डको सरसफाइ र सुन्दरतामा काम गर्न ११० जना जनशक्ति परिचालन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले पार्क र ट्राफिक आइल्याण्डको सरसफाइ र सुन्दरताका लागि ११० जना जनशक्ति परिचालन गरेको छ । उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले ‘श्रम बैङ्क’ बाट श्रमिक लिएर परिचालन गरेको हो । । ‘श्रम बैङ्क’ ले आफूसँग सूचीकृत जनशक्तिमध्येबाट मागअनुसार पठाएको हो । महानगरपालिकाभित्र ११२ वटा पार्कको विवरण छ । यी पार्कको सफाइ र सुन्दरताका […]

तालिममा सिकेको सिपलाई रोजगार र स्वरोजगारसँग जोड्नु ‘सिप मेला’को मुख्य विशेषताः उपप्रमुख डंगोल

काठमाडौं ।  टुँडिखेलमा काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सिप मेला’ कार्यक्रम र सामुदायिक विद्यालयहरुमा सञ्चालन गरिएको ‘शिक्षामा सिप’ कार्यक्रमबाट आफूहरु प्रभावित भएको डच फाउन्डेसन सोसियल डिभलपमेन्टका प्रतिनिधिहरुले बताएका छन् । बुधबार महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग उनको कार्यकक्षमा भेटवार्ता गर्दै उनीहरुले यस कार्यमा आफू पनि साझेदार हुन इच्छुक रहेको बताए । उनीहरुको कुरा सुनिसकेपछि उपप्रमुख डंगोलले, सिपमूलक […]

अग्नि प्रभावित ‘इस्मा गाउँपालिका’ र ‘राजपुर गाउँपालिका’लाई काठमाडौं महानगरपालिकाको १०/१० लाख अनुदान सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, दाङ् जिल्लाको ‘राजपुर गाउँपालिका’ र गुल्मी जिल्लाको ‘इस्मा गाउँपालिका’ लाई १०/ १० लाख रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको महानगर विपद व्यवस्थापन समितिको वैठकले, आगलागीका कारण घर, गोठ, पशु चौपाया र धन सम्पत्तिको क्षति व्यहोरेका स्थानीयको […]

अशक्त र गरिबले  काठमाडौँ महानगरपालिका भित्र निःशुल्क उपचार पाउने

काठमाडौं । काठमाडौँ महानगरपालिका (कामपा) ले लक्षित वर्गका लागि निःशुल्क उपचारसम्बन्धी सूचना जारी गरेको छ । कामपाले जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकले सिफारिसका आधारमा निःशुल्क उपचार पाउने जनाएको हो । कामपाले आज सूचना जारी गर्दै लक्षित वर्गका बिरामीले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आए बिरामीले निःशुल्क उपचार पाउने बताएको हो […]