सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा साढे २९ करोड

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आवको तेस्रो त्रैमाससम्म २९ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.९० प्रतिशत बढेको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २२ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। इन्स्योरेन्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय […]

सूर्यज्योति लाइफ इन्स्योरेन्स एनसीएचएलमा आबद्ध

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाहरु बीच सम्झौता भएको छ । सम्झौता पत्रमा सूर्यज्योति लाइफ इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा डिजिटल कार्ड र ‘ई-कर्जा’ सेवा सार्वजनिक, प्रविधिमैत्री सेवा विस्तारमा जोड

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहक सेवा प्रवाहलाई अझ प्रविधिमैत्री बनाउने उद्देश्यले सूर्यज्योति केयर्स डिजिटल कार्ड तथा ई-कर्जा सुविधा सुरु गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश विक्रम खत्रीले एक कार्यक्रममार्फत यी सेवाहरूको फाइदा, मापदण्ड तथा उपयोग विधिबारे विस्तृत जानकारी दिएका छन्। सीईओ खत्रीका अनुसार, सूर्यज्योति लाइफले बीमितहरूलाई अझ सहज, सरल र पारदर्शी […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई कर प्रयोजनार्थ सहित २० प्रतिशत नगद लाभांश घोषणा गरेको छ। मंसिर १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सको २७ हजार ३२१ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको २७ हजार ३२१ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्सले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै संस्थापक शेयरधनी रमेश चोखानीको २७ हजार ३२१ कित्ता शेयर बिक्रीमा राखेको हो । सूचना प्रकाशित भएको ३५ दिन भित्रमा संस्थापक समूहका शेयरधनीहरुले उक्त शेयर खरिद गर्न सक्नेछन् । शेयर खरिद गर्न चहाने संस्थापकले आफूले खरिद […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सको झण्डै ४७ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ४६ लाख ६३ हजार ७५६ दशमलव ९७४६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् । कम्पनीले बैशाख २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० […]

३३.८९ प्रतिशतले बढ्यो सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा

काठमाडौं ।  सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बिहीबार अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा ३३.८९ प्रतिशतले बढेको बताएको छ । चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमासको अवधिसम्म कम्पनीको खुद नाफा २९ करोड ५४ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो आर्थिक वर्ष २०७९।८०को सोही अवधिको तुलनामा ३३.८९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले २२ […]