CLI
Global College

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा साढे २९ करोड

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आवको तेस्रो त्रैमाससम्म २९ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.९० प्रतिशत बढेको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २२ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

इन्स्योरेन्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा नाफा बढेको देखिएको हो ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १७.८५ प्रतिशत बढेको छ भने कुल आम्दानी १७.८३ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी २०.१६ प्रतिशत र कुल खर्च १७.६० प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १.२९ रुपैयाँले बढेर ७.८७ रुपैयाँ पुगेको छ।

Leave Your Comment

Related News