सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा डिजिटल कार्ड र ‘ई-कर्जा’ सेवा सार्वजनिक, प्रविधिमैत्री सेवा विस्तारमा जोड

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहक सेवा प्रवाहलाई अझ प्रविधिमैत्री बनाउने उद्देश्यले सूर्यज्योति केयर्स डिजिटल कार्ड तथा ई-कर्जा सुविधा सुरु गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश विक्रम खत्रीले एक कार्यक्रममार्फत यी सेवाहरूको फाइदा, मापदण्ड तथा उपयोग विधिबारे विस्तृत जानकारी दिएका छन्।

सीईओ खत्रीका अनुसार, सूर्यज्योति लाइफले बीमितहरूलाई अझ सहज, सरल र पारदर्शी सेवा उपलब्ध गराउन निरन्तर नवीनतम प्रविधिको प्रयोग गर्दै आइरहेको छ। उनले ग्राहक सेवा सुधारमा निरन्तर परिमार्जन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

खत्रीले दाबी भुक्तानीलाई कम्पनीले पहिलो प्राथमिकता मानेर काम गरिरहेको स्पष्ट पार्दै भने, “हामी ग्राहकको हित र सेवामा सधैं समर्पित छौं। ग्राहक सन्तुष्टि र विश्वसनीय सेवा हाम्रो मूल लक्ष्य हो।”

कम्पनीले स्थापनाकालदेखि नै डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै सेवा प्रवाह गर्दै आएको छ। यसै सन्दर्भमा, जीवन बीमालेखमा आधारित ‘ई(कर्जा’ सेवा सुरु गरिएको छ, जसअन्तर्गत बीमितहरूले अनलाइनमार्फत सहज रुपमा कर्जा प्राप्त गर्न सक्नेछन्। बीमा पोलिसा जारी भएको मितिबाट कम्तीमा तीन वर्ष पूरा भई सो अवधिको बीमा शुल्क भुक्तानी भएको अवस्थामा, बीमितले आफ्नो बीमालेखमा संचित नगद मूल्यको अधिकतम ९० प्रतिशतसम्म कर्जा लिन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

यस प्रविधिमैत्री ‘ई-कर्जा’ सेवाले ग्राहकहरूलाई वित्तीय आवश्यकतामा थप सहजता प्रदान गर्ने कम्पनीको विश्वास छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार