१९ खर्ब ४२ अर्ब पुग्यो विनिमय सञ्चिति, १२.६ महिनाको आयात धान्न पर्याप्त

काठमाडौं । राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति बढेको जनाएको छ । राष्ट्र बैंकले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको १० महिनाको वित्तीय अवस्थाको विवरण अनुसार २०८० असार मसान्तमा १५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८१ बैशाख मसान्तमा २६.२ प्रतिशतले वृद्धि भई १९४२ अर्ब ४० करोड पुगेको जनाइएको छ । अमेरिकी डलरमा […]

राष्ट्र बैंकको रिपोर्टले भन्यो, ‘महँगी घट्यो’

काठमाडौं । २०८१ वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.४१ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा महिनामा खाद्य […]

कोशी प्रदेशको जीडीपी ९०३ अर्ब

काठमाडौं । कोशी प्रदेशको कुल ग्राहस्थ उत्पादन (जीडीपी) ९०३ अर्ब रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्थाको विवरण अनुसार कोशी प्रदेशको कुल ग्राहस्थ उत्पादन ९०३ अर्ब रहेको देखाइएको हो । समग्र मुलुकको कुल ग्राहस्थ उत्पादन ५७ सय अर्ब छ । कोशी प्रदेशको प्रतिव्यक्ति आय १३३६ […]

सिटिजन्स बैंकका ग्राहकलाई पर्साको स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलमा छुट

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले पर्सास्थित स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार अब सटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले उक्त हस्पिटलमा उपचार गराउँदा छुट पाउने भएका छन् । बैंकका ग्राहकहरूले स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलका सेवाहरुमा २५ प्रतिशतसम्मको छुट पाउनेछन् । सिटिजन्स बैंकले हाल १९० वटा शाखा, १५३ […]

मनसुन नेपाल भित्रियो, यसपाली औसतभन्दा बढी पानी पर्ने

काठमाडौं । यस वर्षको मनसुन नेपाल भित्रिएको छ । सामान्यतया जुन १३ तारिखमा नेपाल भित्रिने मनसुन यसपाली ३ दिन अगावै भित्रिएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन कोशी प्रदेश हुँदै नेपाल छिरेको हो । अब क्रमिक रुपमा देशका अन्य भूभागमा मनसुन फैलिँदै जानेछ । नेपालमा हिन्द महासागर, बंगालको खाडी […]

प्रधानमन्त्री प्रचण्डसँग भारतीय व्यावसायीको भेटः नेपालमा लगानी गर्न आग्रह

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतको ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । आज भएको भेटमा नेपालमा लगानीको सम्भावना एवं लगानीका क्षेत्रका विषयमा प्रधानमन्त्री प्रचण्ड र फिक्कीका पदाधिकारीहरूबीच छलफल भएको हो । सो अवसरमा प्रधानमन्त्रीले भारतीय लगानीकर्ताका लागि उपर्युक्त देश नेपाल भएको उल्लेख गर्दै […]

आर्थिक बेथितिको निरन्तरता : अर्थद्धारा एकै महिनामा ५ अर्ब बढी रकम निकासा

काठमाडौं । अर्थ मन्त्रालयले वैशाख महिनामा मात्रै ५ अर्ब रुपैयाँ भन्दा बढी रकम निकासा गरेको छ । अघिल्ला वषर्रुहरु झै चालु आर्थिक वर्षको अन्त्यमा खर्च गर्ने प्रणालीलाई अर्थले निरन्तरता दिदै वैशाख महिनामा मात्रै ५ अर्ब २४ करोड ३ लाख ४२ हजार रुपैयाँ विभिन्न मन्त्रालयलाई वितरण (निकासा) गरेको छ । आर्थिक वर्षको सुरुवाती समयमा आम्दानी र खर्चमा […]

सरकारद्धारा २१ अर्ब ५० करोडको ट्रेजरी बिल जारी

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २१ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गरेको छ । २८ दिनको लागि ५ अर्ब रुपैयाँ, ९१ दिनको लािग ८ अर्ब ५० करोड रुपैयाँ र १ सय ८२ दिनका लागि ८ अर्ब रुपैयाँ बराबरबो ट्रेजरी बिल जारी गरेको हो । ट्रेजरी बिल खरिद गर्नेले जेठ २८ गते […]

सामान्य अंकले घटेको सेयर बजारमा कारोबार रकम ५ अर्ब

काठमाडौं ।साताको पहिलो दिन आइतबार सेयर बजार सामान्य अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ४.५९ अंकले घटेर २ हजार ७३.१९ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार ठूला कम्पनीका मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.१५ अंकले घटेर ३ सय ६८.१८ विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक १.९३ अंकले घटेर ३ सय ७०.३४ […]

५ घण्टा बन्द हुने फोनपे

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक संस्था फोनपे ५ घण्टा बन्द हुने भएको छ । नेटवर्कको स्तरोन्नतिको लागि भन्दै सोमबार ५ घण्टा बन्द हुन लागेको हो ।कम्पनीका अनुसार सोमबार अर्थात् भोलि विहान १ बजे देखि साँझा ५ बजे सम्म फोनपेका सम्पूर्ण सेवाहरु बन्द गर्न लागिएको हो । सेवा बन्द हुदाँ फोनपेको क्युआर भुक्तानी, बिल भुक्तानी र […]