सिटिजन्स बैंकका ग्राहकलाई पर्साको स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलमा छुट

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले पर्सास्थित स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार अब सटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले उक्त हस्पिटलमा उपचार गराउँदा छुट पाउने भएका छन् ।

बैंकका ग्राहकहरूले स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलका सेवाहरुमा २५ प्रतिशतसम्मको छुट पाउनेछन् ।

सिटिजन्स बैंकले हाल १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंकले यसै आर्थिक वर्षभित्र थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशका ६० वटा जिल्लामा सेवा पुर्याउने बताएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार