सरकारद्धारा २१ अर्ब ५० करोडको ट्रेजरी बिल जारी

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २१ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गरेको छ । २८ दिनको लागि ५ अर्ब रुपैयाँ, ९१ दिनको लािग ८ अर्ब ५० करोड रुपैयाँ र १ सय ८२ दिनका लागि ८ अर्ब रुपैयाँ बराबरबो ट्रेजरी बिल जारी गरेको हो । ट्रेजरी बिल खरिद गर्नेले जेठ २८ गते ३ बजे भित्र आवेदन दिनुपर्ने छ ।

कार्यालयले वाणिज्य बैंक, विकास बैंक र वित्तले २.५ प्रतिशत रकम जम्मा गरी ट्रेजरी बिल खरिद गर्न सक्ने जनाएको छ । सरकारले आन्तरिक ऋण उठाउनका लागि ट्रेजरी बिल सार्वजनिक गर्ने गर्छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार