निर्धारित समयमै काम सक्न तनहुँ जलबिधुतको कामले दसैँमा पनि पायो निरन्तरता

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दसैँमा पनि कामलाई निरन्तरता दिएको छ । निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वका समयमा पनि नरोकिएको आयोजनाले जनाएको छ । आयोजनाका तीनवटै ‘प्याकेज’का काम दसैँमा निरन्तर सञ्चालन भइरहेको र हाल २२ चिनियाँ, दुई सय जना नेपाली प्राविधिक तथा कामदारसहितले काम […]

मैलुङ खोला जलविद्युतको संस्थापक शेयरको लक इन समय सकिदै

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको शंस्थापक , कर्मचारी र स्थानियको नाममा रहेको शेयरको २९५९८७० कित्ता  शेयरको लक इन  अवधि सकिन लागेको  छ । कम्पनीले   २०७४ साल जेठ १७ देखि ३१ सम्म स्थानिय र २०७४ साउन १४ देखि १९ सम्म कर्मचारी र सर्बसाधारणको लागि शेयर निश्काशन गरेको थियो । कम्पनीको संस्थापक शेयरधनी, स्थानीय बासिन्दाहरु तथा […]

ढल्केबर-इनरुवा ४०० केभी बिधुत प्रसारण लाइनबाट प्रसारण सुरु

काठमाडौं । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौँडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर-इनरुवा खण्ड सञ्चालनमा आएको छ । ढल्केबर-इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलोपल्ट ४०० केभीबाट विद्युत् प्रसारण सुरु भएको छ । यसअघि ढल्केबर- मुजफ्फरपुर (भारत) अन्तरदेशीय प्रसारण लाइनबाट ४०० केभीमा विद्युत् आयात-निर्यात हुँदै आएको […]

५०० मेगावाटसम्मका आयोजना निजी क्षेत्रले बनाउन सक्छ : इप्पान अध्यक्ष

काठमाडौं । ५०० मेगावाटसम्मका आयोजना स्वदेशी निजी क्षेत्रले नै बनाउन सक्छन भन्ने कुरा पुष्टि भएको  स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल इप्पानका अध्यक्ष गणेश कार्कीले सो कुरा बताएका छन्  विद्युत विधेयक संशोधन गरेर मात्रै पास हुनुपर्ने बताएका छन् । माथिल्लो तमोर जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन समारोहमा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् । ‘२८५ मेगावाट क्षमताको […]

अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ आज ब्रेक थ्रु हुने  

काठमाडौं । अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ आज ब्रेक थ्रु हुने भएको छ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा ब्रेक थ्रु कार्यक्रम तय गरिएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए । आयोजनाको सुरुङ प्रधानमन्त्रीद्वारा ब्रेक थ्रु निश्चित भइसकेको आयोजना निर्माण गरिरहेको भारतीय सतलज कम्पनी (एसजेबिएन) ले जनाएको छ । उक्त आयोजनाको ७० प्रतिशत काम सकिएको छ […]

निजी क्षेत्रको  महत्त्वपूर्ण भूमिकाले १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने स्थिति आएको हो  : प्रधानमन्त्री

काठमाडौं । निजी क्षेत्रलाई ढुक्क भएर विद्युत उत्पादनमा लाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  आव्हान गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २२ औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा उनले १० हजार मेगावाट विद्युत निर्यात गर्ने अवस्था समृद्धिको यात्राका लागि ऐतिहासिक उपलब्धी हुने विश्वास व्यक्त गरे । “छिमेकी राष्ट्र भारतसँग १० वर्षमा […]

जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो १६ अर्ब लगानी, यस्तो छ शेयर संरचना

काठमाडौं । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । बुधबार आयोजित एक विशेष समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा द्विपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको हो । द्विपक्षीय ऋण सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना र आयोजनाकातर्फबाट जलदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत […]

एचआईडिसीएलको शेयर लिलाममा, सर्वसाधारणले पनि आबेदन दिन पाउने

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले बोलकबोल मार्फत संस्थापक शेयर विक्रीमा ल्याएको छ । मापदण्ड पुरा गरेका इच्छुक सर्वसाधारण\फर्म आवेदन दिनपाउने गरि सो  संस्थापक शेयर बोलकबोल बिधिबाट बिक्रि गर्न लागेको हाइड्रोइलेक्ट्रीसिटिले सार्बजनिस सुचना मार्फत जानकारी दिएको छ । सुचनामा उल्लेख भए अनुसार बोलकबोल मार्फत १ करोड ७८ लाख ४० हजार १४० कित्ता संस्थापक शेयर […]

कर्णालीको जलविद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट

काठमाडौं । कर्णाली प्रदेशमा १८ हजार मेगावाट भन्दा बढी जलविधुत उत्पादन क्षमता रहेको प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) गोपाल शर्माका अनुसार प्रदेशभित्रका विभिन्न नदीमा गरिएको सर्वेक्षणबाट यो तथ्य फेला परेको हो । उत्पादन क्षमता धेरै भए पनि कर्णाली प्रदेशबाट राष्ट्रिय प्रशारण ग्रिडमा ८ दशमलव २५ मेगावाट […]

यस्तो छ बुढी गण्डकी जलबिधुत आयोजनाको लगानी ढाँचा

काठमाडौं । बुढीगण्डकी जलविद्युत् आयोजनाको लगानी ढाँचा टुङ्गो लाग्ने भएको छ। आर्थिक वर्ष २०८८\८९ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना स्वदेशी लगानीमा नै निर्माण हुने गरी सरकारले लगानी ढाँचा समेत सुनिश्चित गरेको छ । बूढीगण्डकी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठका अनुसार सञ्चालक समितिको बैठकले दुई वटा विकल्प स्वीकृत गरी थप निर्णयका लागि ऊर्जा, […]