एचआईडिसीएलको शेयर लिलाममा, सर्वसाधारणले पनि आबेदन दिन पाउने

Prabhu

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले बोलकबोल मार्फत संस्थापक शेयर विक्रीमा ल्याएको छ । मापदण्ड पुरा गरेका इच्छुक सर्वसाधारण\फर्म आवेदन दिनपाउने गरि सो  संस्थापक शेयर बोलकबोल बिधिबाट बिक्रि गर्न लागेको हाइड्रोइलेक्ट्रीसिटिले सार्बजनिस सुचना मार्फत जानकारी दिएको छ ।

सुचनामा उल्लेख भए अनुसार बोलकबोल मार्फत १ करोड ७८ लाख ४० हजार १४० कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।  ईच्छुक फर्म कम्पनिले यहि चैत २५ देखि  २०८१ बैशाख ९ गतेसम्म  आबेदन गर्न सक्ने छन् ।

पटक पटक लिलाममा राख्दा पनि शेयर विक्री नभएपछि कम्पनीले सर्वसाधारणले पनि आबेदन दिन पाउनेगरि  २२ माघदेखि ८ फागुनसम्मको लागि बिक्रि खुला गरिएको थियो । तर त्यसबेला पनि मात्रै ४३ लाख ५७ हजार १८५ कित्ता मात्रै विक्री भएको थियो । पटक पटकको लिलामीमा बिक्रि नभएपछि कम्पनीले अहिले फेरि चैत २५ देखि विक्री नभएका १ करोड ७८ लाख ४० हजार १४० कित्ता संस्थापक शेयर लिलाममा राखेको हो।

हाइड्रोइलेक्ट्रीसिटिका १ करोड ५१ लाख ५९ हजार ८६० कित्ता संस्थापक शेयर यसअघि नै नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भईसकेका छन् ।

लिलाममा राखिएका संस्थापक शेयरका लागि सर्वसाधारण, कम्पनी तथा संस्थाहरुले आबेदन दिन पाउनेछन । इच्छुक जोकोहीले प्रतिकित्ता न्युनतम १०० रुपैयाँको दरले न्युनतम एक सय कित्ताको लागि आबेदन दिनुपर्नेछ। अधिकतमको लागि कुनै सिमा तोकिएको छैन। कुनै संस्थाले चाहेमा नियामाकीय निर्देशन भित्र हुनेगरी कम्पनीले अहिले लिलाममा राखेको सम्पूर्ण शेयर खरिद गर्न सक्नेछ।

अहिले लिलाममा राखिएका शेयरहरु बिक्रि भएपश्चात नेप्सेमा सुचिकृत भई कारोबारमा आउने कम्पनीले जनाएको छ।  कम्पनीले शेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटललाई नियुक्त गरेको छ।

यस्तो छ कम्पनिको शेयर बिक्रिको लाग जारी गरेको सुचना 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार