सार्वजनिक निष्कासन स्वीकृत हुन थाल्यो, १०० रुपैयाँमा आईपीओ ल्याउने कम्पनी प्रथामिकतामा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सार्वजनिक निष्कासन अनुमति दिन थालेको छ। झन्डै ६ महिना अवरुद्ध भएपछि बोर्डले गत शुक्रवारदेखि पुनः निष्कासन स्वीकृति दिन थालेको हो। सेबोनका तत्कालीन अध्यक्ष रमेश हमालको पदावधि सकिए पछि कम्पनीहरुको सार्वजनिक निष्कासन प्रक्रिया अवरुद्ध रहेको छ। सेबोनले शुक्रबार हिमालयन ऊर्जा विकास कम्पनीको हकप्रद स्वीकृत गर्दै निष्कास प्रक्रिया पुन खुला गरेको […]

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रक्रिया खिचडी, तुरुन्तै भाग लगाउन सांसद ढकालको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ती प्रक्रियालाई खिचडीको संघ्या दिएका छन्। बिहीबारको प्रतिनिधि सभागको बैठकमा बोल्दै सांसद ढकालले सेबोन अध्यक्ष नियुक्ती प्रक्रियालाई पाँकेको खिचडी भनेका हुन्। सेबोनका तत्कालीन अध्यक्ष रमेश हमालको कार्याकाल सकिएसँग गत २०८० पुस २१ गतेदेखि अध्यक्ष बिहिन छ। उनले सेबोन अध्यक्ष नियुक्ती प्रक्रियाका लागि […]

सेबोन अध्यक्ष प्रत्याशी आज पनि अन्तरवार्तामा गएनन्, प्रक्रिया खारेज गर्ने प्रारम्भिक छलफल

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षका प्रतिस्पर्धीहरु अन्तरवार्ता तथा प्रस्तुतीकरणका लागि बुधबार पनि अनुपस्थिति भएका छन्। आज बिहान ९ बजेट अध्यक्षका प्रत्याशीहरुलाई अन्तरवार्ता तथा प्रस्तुतीकरण लागि बोलाईएको थियो। साढे ११ बजेसम्म पनि अध्यक्षका प्रत्याशीहरु उपस्थिति नभए पछि सेबोन अध्यक्ष छनौट समितिले निधारित कार्यक्रम स्थगित गरेको छ। अब सेबोनको अध्यक्ष नियुक्ती प्रक्रिया खारेजी गर्ने गरी […]

सेयर कारोबारीबाट सरकारले उठायो ४ अर्ब १५ करोड राजस्व

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को वैशाखसम्म सेयर लगानीकर्ताहरुले सरकारलाई कुल ४ अर्ब १५ करोड ३० लाख रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन्। गत आव २०७९/८० को तुलनामा चालु आवको पहिलो १० महिनामा सेयर लगानीकर्ताले धेरै पुँजीगत लाभकार बुझाएका छन्। गत आवमा ३ अर्ब ३८ करोड रुपैयाँ पुँजीगत लाभकर बुझाएका थिए। समीक्षा अवधिमा पुँजीगत लाभकर […]

प्रस्तुतीकरण तथा अन्तवार्तामा अनुपस्थित सेबोन अध्यक्षका प्रत्याशीलाई बुधबार पुन बोलाईयो

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष बन्ने संक्षिप्त सूची (सर्ट लिस्ट) मा समावेश भएका तर प्रस्तुतीकरण तथा अन्तवार्तामा अनुपस्थित भएकालाई पुन बोलाएको छ। अर्थमन्त्रालयले आज (आइतबार) सूचना जारी गर्दै प्रस्तुतीकरण तथा अन्तवार्तामा अनुपस्थितलाई असार ५ गते बुधबार ९ बजे राष्ट्रिय योजना आयोगको सभाहलमा उपस्थित हुन अनुरोध गरेको हो। सर्ट लिस्टमा परेका मध्ये प्रस्तुतीकरण तथा […]

सेबोनले नयाँ अध्यक्ष पाउँदै, आइतबार र सोमबार प्रस्तुतीकरण हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को नयाँ अध्यक्ष नियुक्ती प्रक्रिया अघि बढ्ने भएको छ। अर्थमन्त्रालयले सेबोनका अध्यक्षका लागि सर्ट लिस्टमा परेका उमेदवारहरुलाई फोन गरेर प्रस्तुतीकरण लागि तयारी अवस्थामा बस्नु भनेर जानकारी दिएसँगै लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेको हो। सेबोनको अध्यक्षका उमेदवार तथा सेबोनका निर्देशक डा. नवराज अधिकारीले अर्थमन्त्रालयले फोन गरेर आगामी हप्ताका लागि प्रस्तुतीकरण […]

नेपाल लाईफ इन्स्योरेन्सको साधारणसभा हुँदै असार ४ गते बुक क्लोज

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सले असार १८ गते एक साथ दुई आर्थिक वर्षको साधारणसभा आह्वान गरेको छ । साधारणसभा कम्पनीको रजिष्टर्ड कार्यालय  पर्सामा बोलाएको छ  । साधारणसभामा कम्पनीले आर्थिक वर्ष २०७९/८० को लागि हाल कायम रहेको चुक्ता पूँजीको २१.०५% (कर प्रयोजनसहित) का दरले हुन आउने रू. १,७२,७९, ९२,९४९ /- बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताब […]

हिमालयन रिइन्स्योरेन्सको सामुहिक लगानीकोषको नाममा रहेको शेयरको लक इन अबधि सकिदै

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरेको  साधारण शेयरको लक-इन अवधि २०८० असार ११ गते सकिँदैछ । हिमालयन रिइन्स्योरेन्स कम्पनीले कुल जारी पूँजी रु.१० अर्बको ३० प्रतिशत  ३,००,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा २०८०मंसिर  २७ गतेदेखि २०८० पुष २  गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरी २०८० पुस ११ गते बॉडफॉड गरेको थियो  । […]

धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया अन्योलमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रोकिएको छ । अध्यक्ष पदका लागि छनौट भएका पाँचजनाको बिहीबार व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता थियो, तर अर्थमन्त्री वर्षमान पुनको निर्देशनले रोकिएको छ । मन्त्रालय स्रोतका अनुसार सर्टलिस्टमा रहेका उम्मेदवार विभिन्न व्यवसायीनिकट रहेको भन्दै तत्कालका लागि अर्थमन्त्री पुनले छनोट प्रक्रिया रोकेका  हुन्। मन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले अध्यक्ष […]

धितोपत्र बोर्डको अध्यक्षका लागि १८ जनाको आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १८ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा बोर्डमा निमित्त प्रमुख डा. नवराज अधिकारी, कार्यकारी निर्देशक कृष्णराज पोखरेल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर कार्की , नेप्सेका पूर्वसिइओ सीताराम थपलिया, तत्कालीन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं रहेका छन् । त्यस्तै नेपाल बैंकका पूर्वसिइओ […]