नेपाल स्टक एक्सेन्ज राधी बिधुत कम्पनीको शेयर कारोबार आजदेखि (चैत १२ गते) सुरु भएको छ । आज यस कम्पनीको पहिलो कारोबारका निम्ति नेप्सेले १ सय ३९ रुपैया ६६ पैसादेखि ३ सय ९७ रुपैया ९८ पैसा बीचको मूल्य रेन्ज दिएको छ।
यस कम्पनीको शेयर कारोबारका निम्ति नेप्सेले “RADHI ” सङ्केत दिएको छ। कम्पनीले गत हप्ता ४१ लाख कित्ता शेयर सुच्कृत गरेको थियो।