काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एशोसिएट्तर्फतका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले आफ्नो टीम घोषणा गरेकी छिन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा उनले आफ्नो टीम घोषणा गरेकी हुन् ।
महासंघका अध्यक्ष ढकालको बलियो साथ पाएको आफ्नो समुहको जित निश्चित रहेको उपाध्यक्षका उम्मेदवार श्रेष्ठले बताईन् । नेपालको अहिलेको आर्थिक र व्यापारिक परिवेश एक चुनौतीपूर्ण अवस्थामा रहेको जानकारी दिँदै यस समयमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताईन् । ‘हामी सबै एकजुट भएर काम गरे मात्र, मुलुकको व्यवसायिक वातावरणमा सुधार ल्याउन र प्रगति गर्न सक्छौं,’ उनले भनिन्, ‘हामी व्यवसायीहरू अहिले केही कठिन घडीबाट गुज्रिरहेका छौँ । मुलुकमा नयाँ सरकार बनेको छ र यसले केही सकारात्मक कदमहरू पनि चालेको छ । आसाँ छ पक्कै पनि देशले आर्थिक गति लिनेछ ।’
तर अझै अघि बढ्नका लागि सबै निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक छ रहेको जानकारी दिइन् । निजी क्षेत्र मुलुकको अर्थतन्त्रको मुख्य इन्जिन हो भन्ने कुरा राज्यले महशुस गर्नुपर्ने बताउँदै मुलुकको जीडीपीमा ८१ प्रतिशत भन्दा धेरै, रोजगारी मा ८६ प्रतिशत र राजश्वमा ८० प्रतिशत बढी योगदान रहेको निजी क्षेत्रलाई सरकारले विश्वासमा लिनुपर्ने बताईन् । साथै यी विषय राज्यले हरेक नीति नियम तथा कानुन निर्माण गर्दा मनन गर्नुपर्ने उनको भनाइ छ ।
राज्यले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्दामात्र मुलुकको विकास र सम्मृद्धिको चाहना पुरा गर्नुपर्नेमा अहिले केही व्यवसायीहरूलाई गिरफ्तार गरिएको घटनाले गम्भीर बनाएको उनको तर्क छ । ‘हामी सरकारलाई अपिल गर्न चाहन्छौं कि कुनै पनि व्यवसायीलाई आरोपको आधारमा मात्र थुन्ने काम रोकियोस्,’ उनले भनिन्, ‘व्यवसायीहरूले आफ्नो व्यवसायको माध्यमबाट वस्तु उत्पादन, सेवा प्रवाह, रोजगारी सृजना र राजस्व संकलन गर्दै राष्ट्रलाई सहयोग गर्दै आएका छन् । एकजना व्यवसायी हजारौँ व्यक्तिको रोजगारी र धेरै वस्तु तथा सेवाको उत्पादन÷प्रवाहसँग जोडिएको हुन्छ ।’ तसर्थ, कुनै आरोपको आधारमा मात्र व्यवसायीलाई थुन्ने निर्णय गर्न नहुने उनले बताईन् ।
यदि अनुसन्धान पुरा गरेर, यदि दोषी ठहरिए, कारवाही गर्नुपर्ने बताउँदै त्यसो गर्दा आफुहरुलाई कुनै आपत्ति नरहने र मुलुकमा सुरक्षित तथा स्थिर लगानीको वातावरण रहेको सन्देश दिने उनको भनाई छ । व्यवसायीहरुले ढुक्कसँग आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्ने वातावरण भएमात्रै लगानी विस्तार हुने उनको तर्क छ । यसैगरी कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले ज्योत्सना श्रेष्ठ समुहलाई आफ्ना साथ र सहयोग रहेको बताए । देशका हरेक क्षेत्रमा योगदान दिने निजी क्षेत्रको योगदानलाई सरकाले महत्वपूर्ण स्थान दिनुपर्ने बताए । ज्योसना श्रेष्ठ नेतृत्वमा आउने नयाँ टीमले महासंघका अधुरा कामलाई पुरा गर्नुपर्ने बताए । अहिलेको सरकारले प्राइभेट सेक्टर प्रोटेक्सन प्लानलाई कार्यान्वयनमा ल्याएको भन्दै त्यसलाई तदारूपकताक साथ अघि बढाउनुपर्ने बताए । साथै आफु सर्वसम्मतको पक्षमा भएपनि अन्तत चुनावी प्रक्रियामा प्रवेश गरिसकेकाले महासंघको आसन्न निर्वाचनमा ज्योत्सना श्रेष्ठ समुह लाई जितको शुभकामना दिएका छन् ।
कार्यक्रममा आफ्नो समुहको बारेमा जानकारी दिदै निजी क्षेत्र र सरकारवीच सहकार्य गर्दै नीतिगतरुपमा काम गर्न ज्योत्सना श्रेष्ठ टीम महासंघको चुनावमा टीम सहित आएको सचिन ढकालले जानकारी दिए । ‘ज्योत्सना श्रेष्ठको टीमलाई जिताउन भनेको व्यक्तिलाई जिताउनुमात्रै होइन निजीक्षेत्रको हकहितका लागि काम गर्नका लागि हो,’ ढकालले भने, ‘अबका दिनमा देशमा उद्याग व्यवसाय गर्ने बातावरण निर्माण गर्नु जरुरी छ ।’
ज्योत्सना श्रेष्ठ समुहमा पुराना खारिएका र नयाँ युवाहरु जोससहित आएकाले महासंघलाई अझ नयां तरिकाबार अघि बढाउन सक्ने महासंघक पूर्व कोषाध्यक्ष शशिकान्त अग्रवालले बताए । यसैगरी कार्यक्रममा महासंघका पूर्व कोषाध्यक्ष ज्ञानेन्द्रलाल श्रेष्ठले ज्योसना श्रेष्ठ समुहले उद्योगी व्यवसायी को हितमा कामगर्न सक्ने भन्दै जितको शुभकामना दिए ।
अहिलेको अवस्थामा उद्योगी व्यवसायीको संघसंस्था बचाउनु चुनौती बढ्दै गएको नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष भागिरथ सापकोटाले जानकारी दिए । साथै व्यवसायीको हकहितमा काम गर्ने महासंघ बनाउनका लागि पनि ज्योत्सना समुहलाई जिताउनुपर्ने बताए ।
यसैगरी कार्यक्रममा महासंघका पूर्व उपाध्यक्ष दिनेश श्रेष्ठले उद्योगी व्यवसायीलाई बचाउदै नीतिगत सुधारका लागि काम गर्नुपर्ने बताए ।
कार्यक्रममा महासंघका पूर्व अध्यक्ष एवं सार्क चम्बर अफ कमर्शका अध्यक्ष चाडीराज ढकालले ज्योत्सना श्रेष्ठ नेपाली उद्योग व्यवसाय र चेम्बर मुभमेन्ट बुझेको व्यवसायी रहेको भन्दै उनको नेतृत्वमा महासंघल व्यवसायीको हकहितमा काम गर्न सक्ने बताए । साथै व्यवसायी हकहितका लागि पनि यो समुहको जीत आवश्यक रहेको बताए ।
यसैगरी महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले महासंघमा अब उद्योगी व्यवसायीको हकहितमा काम गर्ने शसक्त समुहलाई जिताउन आवश्यक रहेको बताए । कर्यक्रममा महासंघका पूर्व बरिष्ठ उपाध्यक्ष भाष्करणज राजकर्णिकारले अहिले नेपाली नीजि क्षेत्रलाई कठिन कालखण्ड रहेको जानकारी दिए । अब निर्वाचित भएर आउने यस समुहले उद्योगी व्यवसायीको हकहितमा काम गर्नुपर्ने बताए ।
यस्तै महासंघ वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकालले यसअघि महासंघको उपाध्यक्ष रहेर उद्योगी व्यवासायीको हितमा कुशल रुपमा काम गरेकोले अहिलेको अवस्थामा पुनः उनको नेतृत्व आवश्यक रहेको बताए । यो समुहले सबै क्षेत्रलाई समेटेर अघि बढेकाले सो समुहलाई जिताउनु पर्ने बताए । नेपालको उद्योग व्यवसाय असाधारण अवस्थाबाट गुज्रिरहेको बताउदै अबका दिनमा सरकारसँग नीतिगत पहल गर्नुपर्ने बताए । अहिले महासंघको पूर्व अध्यक्ष शेखर गोल्छालाई अनुसन्धान कै लागि थुनामा राख्दा उद्योगी व्यवसायीको मनोवल गिरेको बत


