बजेटः ५ उदेश्य, ५ प्राथमिकता र ५ आर्थिक सुधारका योजना

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै ५ उदेश्य, ५ प्राथमिकता र ५ आर्थिक सुधारका योजना घोषणा गरेका छन् ।

उत्पादन उत्पादकत्व वृद्ध, निजी क्षेत्रको मनोवल वृद्धि, मानव संशाधनको विकास, स्रोत साधनको बढोत्तरी र सार्वजनिक सेवाको प्रवद्र्धन ५ उदेश्य रहेका छन् ।

यस्तै, ५ प्राथमिकतामा आर्थिक सुधार, कृषि, उर्जा, सूचनाको प्रवद्र्धन, शिक्षा र स्वास्थ्यको विकास, समावेशीता र सुशासन प्रवद्र्धन रहेका छन् ।

यसैगरि, आर्थिक सुाधरका ५ योजनामा संरचनागत सुधार (नयाँ चरणको सुधार, उच्चस्तरीय कर सुधार आयोग गठन), व्यवसायिक वातावरण सुधार
सार्वजनिक वृत्त प्रणालीमा सुधार, वित्तीय क्षेत्र सुधार र सार्वजनिक प्रशासनमा सुधार रहेका छन् ।

रणनीतिक सुधारका ५ क्षेत्रमा कृषि, उर्जा, सूचना प्रविधि, पर्यटन र उद्यमशीलता रहेका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार