RE
Global College

घट्यो शेयर बजार, व्यापार समूह बढ्दा बाँकी १२ वटा समूह घट्यो

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार घटेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज , नेप्से १६.४७ अंकले घटेर २६१३.३३ विन्दुमा पुगेर बन्द भएको हो । यसदिन सेन्सेटिभ इन्डेक्स १.३४ अंकले घटेर ४६७.६७ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स १.११ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.४८ अंकले घटेको हो ।

सोमबार कारोबार  रकम भने ५ अर्ब ३८ करोड ५७ लाख पुगेको छ । यसदिन ३५७ वटा कम्पनीको १ करोड ३१ लाख ७८ हजार १२८ कित्ता शेयर ५८ हजार ५०० पटक खरिद बिक्री हुँदा उक्त कारोबार रकम पुगेको हो । बिहीबारको तुलनामा कारोबार रकम ५ करोड ४३ लाखले घटेको छ । बिहीबार ५ अर्ब ४४ करोडको कारोबार भएको थियो ।

यसदिन सबै १ वटा उपसमूह बढ्दा १२ वटा उपसमूह घटेको छ । व्यापार ८ अंकले बढ्दा बैंकिङ ३, विकास बैंक ३८, वित्त १९, होटल र पर्यटन ६३, जलविद्युत ३७, लगानी १, जीवन बीमा ९८, उत्पादन र प्रशोधन ३३, लघुवित्त ३८, म्युअुचल फण्ड ०.१४, निर्जीवन बीमा ११६ र अन्य समूह ११ अंकले घटेको हो ।

यसदिन ४९ वटा कम्पनीको शेयर मूल्य बढ्दा २२४ वटा कम्पनीको शेयर मूल्य घटेको भने ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
आज सबैभन्दा धेरै कुमारी डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले १२ प्रतिशतका दरले कमाएका हुन् । लक्ष्मी सनराइजका डिबेञ्चरका इकाईधनीले १० प्रतिशतका दरले कमाएका छन् । प्राइम बैंक डिबेञ्चरका इकाईधनीले ८ दशमलव ८३ प्रतिशतका दरले कमाएका छन् । सर्वाधिक गुमाउनेमा हाथवेय इन्भेष्टमेन्ट नेपालका लगानीकर्ताले ११ प्रतिशत, इमर्जिङ नेपाल लिमिटेडकाले १० प ्रतिशत र ग्लोबल आइएमइ ब्यालेन्स फण्ड इकाईधनीले ५ प्रतिशतका  दरले गुमाएका छन् ।

Leave Your Comment

Related News