काठमाडौं । विहीबार नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महांसाघका अनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ३ सय रुपैयाँ थियो ।
यता चाँदी पनि ३५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँ थियो ।




