CLI
Global College

१९ म्युचुअल फन्डको लाभांश सार्वजनिक, कस्को कति? (सूचीसहित)

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ सकिनेवित्तिकै म्युचुअल फन्डहरुले लाभांश घोषणा गरिरहेका छन् । अहिलेसम्म १९ योजनाले इकाइधनीलाई लाभांश घोषणा गरेका छन् । घोषित लाभांश १५ प्रतिशतसम्म छ ।

भदौ १८ गतेसम्मको तथ्याङ्क अनुसार विभिन्न बन्दमुखी  तथा खुलामुखी  योजनाहरूले प्रतिफल घोषणा गरेका छन्।

घोषित विवरण अनुसार हिमालयन क्यापिटलद्वारा प्रवर्द्धित हिमालयन ८०-२० ले सबैभन्दा बढी १५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।

यसैगरी, प्रभु क्यापिटलका प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्ड ले समान १२-१२ प्रतिशत लाभांश घोषणा गरेका छन्। कुमारी क्यापिटलका कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्ड, एनएमबि क्यापिटलको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ तथा सिद्धार्थ क्यापिटलको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले समान १०-१० प्रतिशतका दरले लाभांश दिने भएका छन्।

अन्य योजनाहरूतर्फ रिलायबल समृद्धि योजना ले ८.४२ प्रतिशत, एमबीएल इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले ८-८ प्रतिशत लाभांश घोषणा गरेका छन्। खुलामुखी योजनाहरूमा एनएमबि सरल बचत फण्ड-ई ले ५.२५ प्रतिशत, सानिमा ग्रोथ फण्ड ले ५ प्रतिशत, कुमारी सुनौलो लगानी योजना ले ४.७० प्रतिशत, तथा एनएमबि हाइब्रिड फण्ड एल-२ र सनराइज फोकस्ड इक्विटी फण्ड ले समान ४.५०-४.५० प्रतिशत लाभांश तय गरेका छन्।

त्यस्तै, एनएमबि ५० ले ३.१५ प्रतिशत, सिद्धार्थ सिस्टेमेटिक इन्भेष्टमेन्ट स्किम ले ३ प्रतिशत, कुमारी सबल योजना ले २.९० प्रतिशत र मुक्तिनाथ म्युचुअल फण्ड १ ले २.२० प्रतिशत प्रतिफल घोषणा गरेका छन्।

Leave Your Comment

Related News