काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ । त्यस्तै आज युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ८० पैसा र बिक्रीदर १७० रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ ।
आज युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ । त्यस्तै आज स्वीस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८५ रुपैयाँ १० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ २८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११९ रुपैयाँ १० पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७२ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४० रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४ रुपैयाँ ५१ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २६ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११ रुपैयाँ ४९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २६ पैसा र बिक्रीदर १५ रुपैयाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७२ पैसा र बिक्रीदर २२ रुपैयाँ ८१ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १९ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर ४९२ रुपैयाँ २४ पैसा र बिक्रीदर ४९४ रुपैयाँ १९ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ९४ पैसा बिक्रीदर ४०३ रुपैयाँ ५३ पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ३४ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ–्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।




