RE
Global College

अमेरिकाद्वारा क्यानडाका केही सामानमा लगाइएको भन्सार शुल्क फुकुवा

काठमाडौं । अमेरिकी मध्यवधि चुनाव आउन दुई साता मात्र बाँकी रहँदा ट्रम्प प्रशासनले क्यानडाका केही सामानमा लगाउँदै आएको ५० प्रतिशत भन्सार शुल्क (ट्यारिफ) हटाउने निर्णय गरेको छ।

ह्वाइट हाउसका अनुसार आगामी अक्टोबर ३० देखि लागू हुनेगरी प्लाईउड, केही कागजका उत्पादन, मेसिनरी र रेफ्रिजरेसन उपकरणमा यस्तो छुट दिइनेछ। यो निर्णयलाई मेन राज्यकी रिपब्लिकन सिनेटर सुसन कोलिन्सको चुनावी स्थितिसँग जोडेर हेरिएको छ। कडा चुनावी प्रतिस्पर्धामा रहेकी कोलिन्सले आफ्नो राज्यको कृषि उद्योगलाई राहत दिन ट्यारिफ हटाउन आफूले निरन्तर लबिङ गरेको बताएकी छन्।

यद्यपि, केही सामानमा छुट दिइए पनि कार्पेट र अन्य केही सामग्रीमा भने नयाँ ट्यारिफ लगाइने ह्वाइट हाउसले जनाएको छ। अमेरिका र क्यानडाबीच गत अगस्टमा व्यापार वार्ता विफल भएपछि ट्रम्प प्रशासनले २० अर्ब डलर बराबरका क्यानडेली सामानमा ट्यारिफ लगाएको थियो। त्यसको जवाफमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पनि अमेरिकी सामानमा सोही बराबरको ‘काउन्टर ट्यारिफ’ लगाएका थिए जसले दुई देशबीच व्यापार युद्ध निम्त्याएको छ।

क्यानडाका आन्तरिक व्यापार मन्त्री डोमिनिक लेब्लान्कले अमेरिकाको यस कदमको मूल्याङ्कन गरिरहेको र आपसी हितको व्यापार सम्झौताका लागि क्यानडा सधैं तयार रहेको बताएका छन्।

NECO

Leave Your Comment

Related News