RE
Global College

दशैं बिदापछि पहिलो पटक नेप्सेसँगै कारोबार रकम

काठमाडौं । दशैंको सार्वजनिक बिदा पछि खुलुेको दोस्रो दिनमा शेयर बजार बढेको छ । सोमबार घटेको शेयर बजार मंगलबार बढेको हो ।
मंगलबार नेपाल स्टक एक्सचेन्ज , नेप्से ०.९४ अंकले बढेर २६३०.७६ विन्दुमा पुगेर बन्द भएको हो ।
यसदिन सेन्सेटिभ इन्डेक्स ०.३० अंकले घटेर ४७५.४७ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.१० र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.२६ अंककले घटेको हो ।
मंगलबार ३६० वटा कम्पनीको १ करोड ५३ लाख ४६ हजार २२६ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ७९ करोड ९३ लाख पुगेको छ । जुन सोमबारको तुलनामा करिब १ अर्बले बढी कारोबार रकम हो ।
सोमबार ३४१ वटा कम्पनीको १ करोड ३ लाख ४३ हजार कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ४ अर्ब २४ लाख पुगेको थियो ।

यसदिन सबै ४ वटा उपसमूह बढ्दा ९ वटा उपसमूह घटेको छ । जलविद्युत ५९, लघुवित्त ०.७६ , म्युअुचल फण्ड ०.०७ र अन्य समूह १ अंकले बढ्दा बैंकिङ ६, विकास बैंक २५, वित्त ४, होटल र पर्यटन ३५, लगानी ०.२२, जीवन बीमा ७१, उत्पादन र प्रशोधन ५४ , निर्जिवन बीमा ६ र व्यापार समूह ८ अंकले घटेको हो ।

मंगलबार बेनी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य ६० रुपैयाँ ८० पैसाले बढेर प्रतिकित्ता ४६६ रुपैयाँ ७० पैसा पुगेको छ । त्यस्तै, माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य १२ प्रतिशत र दोर्दी खोला जलविद्युत कम्पनीको सेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ ।

यस दिन युनिलिभर नेपालको सेयरमूल्य सबैभन्दा बढी ४.९१ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । कम्पनीको २८ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, पिपुल्स हाइड्रोपावरको साढे २४ करोड रुपैयाँभन्दा बढी र सानिमा मिडिल तमोर हाइड्रोपावरको २१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

NECO

Leave Your Comment

Related News