RE
Global College

एनपीएल : कर्णालीद्वारा जनकपुरलाई १३३ रनको लक्ष्य

काठमाडौं । एनपीएलको  तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेटको क्षतिमा १३२  रन बनायो । जसमा अरिफुल स्लामले ४३ र पवन सराफले ३७ रन जोडे ।

जनकपुरका लागि कप्तान हर्मित सिंहले ३,राहुल यादव र मोइल अलीले २/२ विकेट लिए । आजै भएको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्‌सलाई ८ रन हरायो ।  कात्तिक ९ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् । फाइनल भिडन्त मङ्सिर ५ गते हुनेछ ।

NECO

Leave Your Comment

Related News