काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले सरकारी जागीरमा रहेर राजनीतिक दलको जिम्मेवारीमा रहेका कर्मचारीलाई कारबाहीको लागि सिफारिस गरिएको जानकारी दिएका छन्।
सामाजिक सञ्जालमा उनले कारबाहीको लागि सिफारिस गरिएका कर्मचारीको विवरण सार्वजनिक नगरी रास्वपाले त्यस्ता कर्मचारीलाई कारबाहीको लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरेको जानकारी दिएका हुन्।
‘सार्वजनिक संस्थाको जागिरमा रहेर राजनीतिक दलमा जिम्मेवारी लिएको विषयमा प्राप्त उजुरीमा कानुनी कारबाहीको लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरिएको छ। राष्ट्र पहिलो। धन्यवाद!’ बुर्लाकोटीले सामाजिक सञ्जालमा लेखेका छन्।
स्रोतका अनुसार राजनीतिक दलको जिम्मेवारीमा रहेका तीन जना सरकारी कर्मचारीलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयमा रास्वपाले सिफारिस गरेको हो।



